MENU

अर्थ

Ncell Axiata
chhaka panja

काठमाडौं महानगरको बजेट १० अर्ब, सवारी करलाई कडाइ गर्ने

काठमाडौं, साउन १ – काठमाडौं महानगरका लागि १० अर्ब ७८ करोड रुपैयाँको बजेट स्वीकृत गरिएको छ । 

काठमाडौँ महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४/७५ का लागि आर्थिक विधेयकबाट १० अर्ब ७८ करोड रुपैयाँ बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ । 

संक्षिप्त विवरण अनुसार आन्तरिक आम्दानी कर आयतर्फ चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ दुई अर्ब १२ करोड गरी हुन आउने ६ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान तीन अर्ब १६ करोड ८२ लाख रुपैयाँ (यसमा समानीकरण÷शशर्त तथा निशर्त सबै अनुदान समावेश छ) रहेको छ । 

यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ । 

त्यस्तै, मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राखिएको छ । यसअन्तर्गत आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया