MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

बर्दिया ठाकुरबाबाका मेयर उपमेयर रोपाइँमा

भावुक योगी/उज्यालो ।

बर्दिया, साउन १ – बर्दियाको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठ तथा उपप्रमुख कृष्णा कुश्मा थारु सहित वडाध्यक्ष र सदस्यले बगनाहामा सामुहिक धान रोपाइँ गरेका छन् । 

चुरे माध्यमिक विद्यालय र चुरे क्याम्पस बगनाहामा कृषि जेटिएका विद्यार्थीको प्रयोगात्मक कार्यक्रम जनप्रतिनिधिले धान रोपेर शुभारम्भ गरेका हुन । चुरे क्याम्पसका सहायक क्याम्पस प्रमुख यज्ञ नेपालले धान रोपाइँमै जनप्रतिनिधिलाई सम्मान पनि गरिएको जानकारी दिनुभयो ।  

सम्मान ग्रहण गर्दै चुरे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठले शिक्षाको विकासबाट मात्रै अन्य क्षेत्रको विकास सम्भव भएकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राख्दै ठाकुरबाबा नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै चुरे क्याम्पस, बगनाहाका पुर्व विद्यार्थी रहेकी ठाकुरबाबा नगरपालिकाकी उपमेयर कृष्णाकुश्मा थारुले नगरपालिका क्षेत्रमा शिक्षाको विकासमा विशेष जोड दिने विचार व्यक्त गर्नुभयो ।  

ठाकुरबाबा नगरपालिकाका वडा अध्यक्षहरु श्यामलाल थारु, श्रीकृष्ण थारु, शेरबहादुर थारु, गंगाराम खनाल र पदमवहादुर खड्काले जिल्लाको अग्रणी शिक्षण संस्था चुरेको उन्नति र प्रगतिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा चुरे माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा चुरे क्याम्पस, बगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्यालले चुरे माध्यमिक विद्यालय तथा चुरे क्याम्पसको सम्भावना, समस्या र चुनौती एवं भावी कार्ययोजना सहितको ऐतिहांसिक पृष्ठभुमि तथा चिनारी प्रस्तुत गर्दै चुरे माविबाट शिक्षा आर्जन गरेका विद्यार्थी जनप्रतिनिधिको रुपमा चुनिदा आफु र शिक्षण संस्था गौरवान्वित भएको बताउनुभयो ।  

धान रोपाईंमा मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरु लगायत चुरे क्याम्पस संचालक समितिका अध्यक्ष डवलसिंह साउंद, चुरे माविका पूर्व प्राचार्य तथा चुरे क्याम्पस, बगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मक्कुराम थारु, विद्यालयका प्रधानाध्यापक राजेशकुमार यादव, चुरे क्याम्पस संचालक समितिका उपाध्यक्ष श्रीराम थारु, सहायक क्याम्पस प्रमुख यज्ञ नेपाल, प्राविधिक कार्यक्रम संयोजक असिम पौड्यालसहित विद्यालय तथा क्याम्पस संचालक समितिका सदस्स्यहरु शिक्षक एवं विद्यार्थीले सामुहिक रोपाईं गरेका हुन् ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • काठमाडौं उपत्यकाका खुला ठाउँमा आगो बाल्न नपाइने

    काठमाडौं, माघ ७ – उपत्यकासहितका शहरमा खुला रुपमा आगो बाल्न नपाइने भएको छ ।

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया