MENU

राजनीति

Ncell Axiata
sagun

काठमाडौंका सडक ब्यवस्थित गर्न प्रधानमन्त्री छलफलमा

काठमाडौं, साउन १ – काठमाडौंका सडक व्यवस्थित गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीसहित विभिन्न निकायका पदाधिकारीसँग छलफल गरिरहनुभएको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारीसँगै सडक विभाग, केयुकेएल, खानेपानी तथा ढल विभागलगायतका प्रतिनिधि छन् । छलफल उपत्यकाको सडकको समस्या र समग्र पूर्वाधारमा केन्द्रित हुनेछ । 

सडकमा आएको भेलले बगाएर काठमाडौंमा एक बालिकाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको अवस्था सुधार गर्ने बारे छलफल गर्नुभएको हो । 

अब्यवस्थित ढल, बाटो विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन महिनौदेखि खनिएका सडकमा भेलले बगाएर नागरिकको ज्यानै गएपछि सडकबारे छलफल गरिएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया