MENU

राजनीति

Ncell Axiata
sagun

केही दिनभित्रै मन्त्रिमण्डल बिस्तार : नेता निधि

काठमाडौं, साउन १ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मन्त्रिमण्डल बिस्तार केही दिनभित्रै हुने दावी गर्नुभएको छ । कांग्रेसका तर्फबाट मन्त्रालय बाँडफाँड कार्यदलमा रहेका नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैंककबाट आइतबार स्वदेश फर्किए लगत्तै मन्त्रालय बाँडफाँडबारे छलफल गरि मन्त्रिमण्डल बिस्तार गरिने बताउनुभयो । 

काठमाडौंको सतुंगलमा रहेको बागेश्वरी अस्पतालको दशौं बार्षिकोत्सवको उद्घाटन गर्दै नेता निधिले संसदको म्याद एक बर्ष थप्ने हल्ला निराधार भएको पनि बताउनुभयो । उहाँले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने र त्यहि आयोगले दिएको प्रतिवेदनका आधारमा आउँदो माघ भित्र प्रदेश र संघीय संसदको चुनाव गर्ने बताउनुभयो । 

मुख्य विपक्षी दल एमालेले साथ नदिएका कारण संविधान संशोधन प्रक्रिया अघि बढ्न नसकेको बताउँदै नेता निधिले राजपाले संशोधन पारित नभए पनि अघि बढाउन सहमति जनाए सत्तारुढ दल प्रस्ताव अघि बढाउन तयार रहेको कांग्रेस नेता निधिले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया