MENU

अर्थ

ujyaalo forign call inside

मेयरले स्वविवेकीय अधिकारका लागि ९ करोडभन्दा बढी रकम राखेपछि विरोध

धादिङ, साउन १ – धादिङको नीलकण्ठ नगरपालिकाको बजेट  प्रस्तुत भएपछि विरोध भएको छ । साविकका सात गाविसहरु मिलेर बनेको नीलकण्ठ नगरपालिकाको १४ वडालाई दिइएको बजेट सिलिङको भन्दा बढी रकम स्वविवेकीय अधिकार प्रयोग गर्न पाउने गरी बजेट विनियोजन गरेपछि वडाअध्यक्ष र जनप्रतिनिधिहरुले नै विरोध जनाएका छन् । 

हरेक वडामा विकास योजना सञ्चालन गर्नका लागि योजना छनौट गर्नका लागि नगरपालिकाले सबै वडालाई ५० लाख रुपैयाँका दरले बजेट सिलिङ उपलब्ध गराएको थियो । केही दिनअघि यसरी सिलङमा रहेर योजना छनौट गर्न नगरपालिकाका मेयर र उपमेयरले निर्देशन दिएपछि वडाहरुबाट आएका २ सय ८४ योजनाका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

वडाको विकास गर्न र जनप्रतिनिधिहरुले बनाएको योजनामा चित्त नबुझेपछि मेयर र उपमेयरले स्वविवेकीय अधिकार प्रयोग गर्नेगरी ९ करोड ३४ लाख ३८ हजार रुपैयाँ बजेट बिना शिर्षकमा विनियोजन गरिएकोले यो अवैधानिक भएको १२ नम्बर वडा अध्यक्ष बाबुराम लम्सालले बताउनुभयो । 

जनप्रतिनिधिलाई बाइपास गरेर यसरी बजेट विनियोजन गर्न नहुने आवाज बजेटमाथिको छलफलमा शनिबार जनप्रतिनिधिहरुले उठाए पनि यसको सुनुवाई नभई बहुमतको आधारमा बजेट पारित गरिएकाले अवैधानिक रुपमा बजेट खर्च गर्न नहुनेमा आफूहरु दृढ रहेको उनीहरुको भनाई छ । 

भूकम्प प्रभावितको घर बन्न नसकेको, जातीय छुवाछुत, महिलामाथि हुने हिंसालगायतका सामाजिक कुरितीहरु रहेकोले यसतर्फ नीति तथा कार्यक्रम र बजेटले सम्बोधन नगरेको निर्वाचित जनप्रतिनिधिले आफ्नो नाम गोप्य राख्न अनुरोध गर्दै बताउनुभयो । 

स्मार्ट सिटीको नाममा रकम ल्याइएको र पेटभरी खान नपुग्ने जनताको लागि अवसर पहुँच सिर्जन गर्ने खालका कार्यक्रम नभएकोले सच्याउन ुपर्ने माग वडाअध्यक्षहरुले गरेका छन् । 

६९ करोड १४ लाख रुपैयाँको बजेटमध्ये चालुतर्फ ६४ प्रतिशत पूँजीगततर्फ ३६ प्रतिशत रकम खर्च गर्नेगरी बजेट प्रस्तुत गरिएको थियो । बजेटमाथिको छलफल राम्रोसँग गर्न नदिएको र हतारमा ल्याएर छलफल बिना पारित गरिएको थियो । शनिबार ल्याइएको नीति तथा कार्यक्रम र बजेट दुई घण्टाको बिचमा सार्वजनिक कार्यक्रम समेत गरी सकिएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया