MENU

राजनीति

Ncell Axiata

प्रधानमन्त्री देउवालाई श्रीमती आरजुले बुझाइन् ज्ञापनपत्र

काठमाडौं, साउन १ – महिला सांसद समन्यव समितिले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलालाई सहभागी गराउन माग गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

समितिकी अध्यक्ष तथा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर महिला सांसदहरुले ज्ञापन पत्र बुझाएका हुन् । प्रधानमन्त्री देउवालाई आरजु राणाले नै ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । 

महिला सांसदहरुले देशका विभिन्न भागमा महिला जनप्रतिनिधिमाथि आक्रमण हुने गरेको भन्दै उनीहरुको सुरक्षाको व्यवस्था गर्न, छाउपडी प्रथाको अन्त्य गर्न पनि माग गरेका छन् । महिला सांसद समन्यव समितिमा सबै दलका महिला सांसदहरु सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया