MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

​पाउलो कोहेलो शाहरुखका खानको ठूलो प्रशंसक, भने - खान विश्वकै उत्कृष्ट अभिनेता

साउन १ – चर्चित पुस्तक इलेभेन मिनेट र द अल्केमिस्टका  लेखक पाउलो कोहेलोले आफू शाहरुख खानको ‘ह्यूज फ्यान’ भएको बताउनुभएको छ । खानले अभिनय गरेको चलचित्र माई नेम इज खानको प्रशंसा गर्दै कोहेलोले उक्त चलचित्रलाई विद्यालय शिक्षामा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ । 

पाउलो कोहेलोले ट्वीट गर्दै शाहरुख खानलाई विश्वकै उत्कृष्ट अभिनेता भएको कुरा उल्लेख गर्नुभएको छ । केही समय पहिले कोहेलोले खान ओस्कार अवार्डका लागि योग्य भएको बताउनुभएको थियो । त्यति मात्रै होइन कोहेलोले ‘मेरो नाम खान हो तर म आतंकवादी होइन’ चलचित्रको संवाद ट्वीट गर्नुभएको थियो । 

कोहेलोले प्रशंसकहरुमाझ उभिएको खानको फोटो राख्दै ‘विश्वकै उत्कृष्ट अभिनेता को हो ?’ भन्दै ट्वीट गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया