MENU

राजनीति

Ncell Axiata
sagun

​प्रधानमन्त्री देउवाले भने – पैसा कति चाहिन्छ दिन्छु, तर सडकमा खाल्डा देखिनु भएन

काठमाडौं, साउन १ – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी १५ दिनभित्र मर्मत गर्न निर्देशन दिनुभएको छ । 

सडक विभाग, खानेपानी तथा सरसफाइ मन्त्रालय, ढल विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण लगायतका कार्यालयका जिम्मेवारी व्यक्तिलाई सिंहदरबार बोलाएर देउवाले यस्तो निर्देशन दिनुभएको हो । 

एउटा निकायले सडक बनाउने तर अर्को निकायले तत्कालै भत्काउने गर्दा समस्या देखिएको भन्दै प्रधानमन्त्री देउवाले दीर्घकालीन योजना बनाएर काठमाडौंको एकीकृत विकास गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र कुमार घिमिरेले जानकारी दिनुभयो ।

‘सडकका खाल्डा पुर्न पैसा नभएको भए मलाई भन्नुस्, तत्कालै मन्त्रीपरिषद्बाटै निर्णय गराउछु र अर्थ मन्त्रालयलाई पनि निर्देशन दिन तयार छु भनेर प्रधानमन्त्रीले निकै सकारात्मक कुरा गर्र्नुभयो’ प्रधानमन्त्रीले वोलाएको बैठकका सहभागी खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भिम प्रसाद उपाध्यायले उज्यालोसँग भन्नुभयो, ‘उहाँले अहिले भैरहेका कामको तिव्रतामा सन्तुष्टी जनाउनुभयो, तर असुरक्षित तरिकाले भैरहेका कामको बारेमा तत्कालै सुधार गर्न निर्देशन दिनुभयो ।’

प्रधानमन्त्रीले काठमाडौंको सडक दुर्घटनास्थल जस्तो भएकाले तत्कालै मर्मत गर्न निर्देशन दिनुभएको हो । विभिन्न मन्त्रालयका सचिवहरुले मेलम्ची खानेपानीको पाइप विच्छाउँदा सडकमा समस्या देखिएको र काम अन्तिम चरणमा पुगेकोले केहीदिनमै काठमाडौंको सडकमा देखिनेगरी सुधार आउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया