MENU

समाज

Ncell Axiata
chhaka panja

आजदेखि भक्तपुर–काठमाण्डौं नगर बस संचालन

भक्तपुर, साउन १ – भक्तपुर मिनिबस सेवा समितिले आइतबारदेखि भक्तपुर–काठमाण्डौं नगर बस संचालनमा ल्याएको छ । आइतबार दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु भएको हो ।

भक्तपुरबाट काठमाण्डौ जाने यात्रुलाई सहज र सर्वसुलभ सेवा दिने उद्धेश्यले २० वटा नगर बस संचालनमा ल्याएको समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले जानकारी दिनुभयो

नगर बस भक्तपुरको कमलविनायकदेखि सूर्यविनायक, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्च, नयाँबसपार्क, बालाजू, स्वयंम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, माइतीघर, वानेश्वर, कोटेश्वर हुदै भक्तपुर आउने र जाने गरी सेवा संचालनमा ल्याएको उहाँले बताउनुभयो ।
भक्तपुरमा साझा बस संचालनमा आएपछि प्रतिस्पर्धा गर्न र जनताको इच्छा अनुसार सहज सेवा दिने उदेश्यले बस सेवा संचालनमा ल्याएको हो । 
मिनिबस सेवा समितिले यसअघि पनि भक्तपुरदेखि सूर्यविनायक, चावहिल, नयाँ बसपार्क, भक्तपुरबाट बानेश्वर हुदै रत्नपार्क, भक्तपुरदेखि सातदोबाटो हुदै लगनखेल र जिल्लाका ग्रामिण रुटहरुमा ३०० बस संचालन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया