MENU

मनोरञ्जन

Ncell Axiata

तपाईँले सुन्न चाहेको गीत संगीत अब ‘म्युजिक नेपाल एप’मा

काठमाडौं, साउन १ – नेपाल टेलिकम र म्युजिक नेपालको सहकार्यमा म्युजिक नेपाल एप सार्वजनिक गरिएको छ । म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीत सुन्न सक्ने टेलिकमले जनाएको छ । यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने पहिलो एक महिना उपभोक्ताले निशुल्क यो एप्लिकेसन प्रयोग गर्न पाउने नेपाल टेलिकमले जनाएको छ ।  

एक महिनापछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ । अहिलेलाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने छ । अहिले नेपाली आधुनिक तथा सदावहार गीत संगीत मात्र एपमा उपलब्ध भए पनि भविष्यमा विदेशी गीत संगीत समेत  उपलब्ध हुने टेलिकमले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया