MENU

समाज

Ncell Axiata
sagun

फोहर व्यवस्थापनको जिम्मा तीन वडाध्यक्षलाई

दाङ, साउन १ – दाङको घोराही उपमहानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मा तीनजना वडाध्यक्षलाई दिएको छ । उपहानगरपालिकाको आइतबार बसेको बोर्ड बैठकले घोराही बजारको फोहर व्यवस्थापनका लागि वडाध्यक्षहरु रमेशकुमार पाण्डेय, शक्तिराम डाँगी र लछिणप्रसाद बुढालाई तत्काललाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता भरत अर्यालले जानकारी दिनुभएको छ ।

उपमहानगरपालिकाले बजार क्षेत्रको फोहोर जथाभावी फालेको भन्दै ल्याण्डफिल साइड क्षेत्रका स्थानीयहरुले फोहोर फाल्न नदिएपछि चार दिनदेखि बजार क्षेत्रको फोहोर उठ्न सकेको छैन ।

उनीहरुले चार दिन उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेको ल्याण्डफिल साइडको मुल गेटमै तालाबन्दी गरी फोहोर बोकेका गाडीलाई छिर्न दिएका छैनन् । पानी परेका कारण फोहोर बिसर्जन गर्ने स्थानसम्म गाडी जान नसक्ने भन्दै नगरपालिकाका सरसफाई कर्मचारीले पिच सडकमै फोहोर फाल्न थालेपछि आन्दोलन गर्नुपरेको स्थानीयहरु बताउँछन् ।

अहिले ल्याण्डफिल साइड क्षेत्रभित्र फोहोर बिसर्जन गर्न जानका लागि निर्माण गरिएको कालोपत्रे सडकमै फोहोर फालिएको छ । त्यो फोहोरबाट निस्किएको दुगन्र्ध तथा झिँगाले घरमा बस्नै नसकिने अवस्था भएको स्थानीय बासिन्दाको छ ।

उनीहरु तीन दिनदेखि फोहोर फाल्ने स्थानमा धर्नामा बसेका छन् । नगरपालिकाले भने निर्वाचन र पानी परेका कारण केहि समस्या देखिए पनि यसलाई छिट्टै समाधान गरिने बताएको छ ।

घोराही उपमहानगरपालिकाले बजार क्षेत्रको फोहोर नगरपालिकाकै स्वामित्वमा रहेको वडा नम्बर १६ को खोल्सामा १२ वर्षदेखि व्यवस्थित गर्दै आएको भएपनि स्थानीयसँग पटक पटक विवाद हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बझाङमा भूकम्प गयो

    बझाङ, मंसिर ६ – बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ ।

  • चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर

    उत्तरी छिमेकी देश चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग तमोर करिडोर निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन् ।

  • ठेकेदा मेयर बने तर स्वास्थ्य चौकीको भवन बनेन

    छेडेदह गाउपालिका–१ काँडा गाउँको स्वास्थ्य चौकीको भवन सात वर्ष अगाडि निर्माणको जिम्मा लिएका राजनेन्द्र निमार्ण सेवाका सञ्चालक भीमबहादुर साउद मेयरमा निर्वाचित भएका छन् । तर स्वास्थ्य चौकी भवन निर्माण नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।

  • सईले गरे महिला प्रहरीमाथि कुटपिट

    सप्तरी, मंसिर ६ – शान्तिपूर्वक बाँच्न पाउनु र आफ्नो पेशा ब्यवसाय गर्न पाउनु नागरिकको मौलिक अधिकार हो । संविधानमै किटान गरिएको यो अधिकार हनन् हुने वित्तीकै त्यसको कानुनी उपार खोज्न प्रहरीमा जाने व्यवस्था छ ।

  • मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा डायलासिस सेवा बन्द

    कैलाली, मंसिर ६ – एक महिनाको अवधीमा तीनवटा डायलासिस मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा एक वर्ष अघिदेखि सुरु भएको डायलासिस सेवा बन्द भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया