MENU

समाज

Ncell Axiata
chhaka panja

​धादिङमा आगलागी, १० लाख बराबरको क्षति

धादिङ, साउन १ – धादिङको धुनिबेशी नगरपालिकाको रमाइलो चौरस्थित पुरुषोत्तम कडेलको टहरामा आगलागी भएको छ । ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस्दै आएको घर भूकम्पले भत्किएपछि कडेल परिवार अस्थाथी टहरामा बस्दै आएका थिए । 

आइतबार दिनको ३ बजे घरभित्र रहेको ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा घर भित्र रहेका अन्न, लत्ताकपडा तथा अन्य सामाग्रीहरु जलेर नष्ट भएको छ । झण्डै १० लाख रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताउनुभयो ।  

ड्याङ्ग आवाज आयो । के भयो भनेर हेर्दा आगोको मुस्लो देखेँ । स्थानीय दिनेशबहादुर मगरले भन्नुभयो, हामी सबै हतार हतार गरी आगो निभाउन दौडियौ । संयोग बश आगो निभायौ, नजिकै रहेको अन्य टहरामा सर्न पाएन । 

स्थानीयले प्रहरीलाई फोन गरेर घटनाको जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थिए । जलेको घरबाट प्रहरीले एउटा सुनको मंगल सुत्र, सिक्री, झुम्का भेटेको छ ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया