MENU

समाज

Ncell Axiata
chhaka panja

कामै नगरेका ठेकेदारलाई कर्मचारीको मिलेमतोमा २३ लाखको चेक

बालकुमार शर्मा/उज्यालो ।

जाजरकोट, साउन १ – जाजरकोटमा काम नगरी चेक काटिएको भेटिएको छ । गत आर्थिक वर्षको कार्यक्रम अन्तर्गत असार मसान्तसम्म सक्नु पर्ने सडक निमार्णको कामै नगरी कर्मचारीसँग मिलेमतो गरेर चेक काटिएको भटिएको हो । 

जाजरकोटको पूर्वी भेगमा पर्ने  त्रिवेणीनलगाड नगरपालिका–११ चौखादेखि १० रजिकसम्म जोड्ने चौखा–रजिक सडकको कामै नगरी २३ लाख रुपैयाँ जिल्ला समन्वय समितिले भुक्तानी गरेको हो ।

जाजरकोटको जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्माले कामै नगरेको सडकको उपभोक्ता र कर्मचारीको मिलेमतोमा किर्ते  बिल भरपाई गराएपछि चेकमार्फत रकम भुक्तानी भएको हो । उपभोक्तासँग आर्थिक लेनदेनका आधारमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा इन्जिनियर सूर्यबहादुर शाहीको निर्देशनमा सवओभरसिएर विश्वकर्माले सडकको मूल्यांकन गरी नक्कली बिल भरपाई बनाएको स्थानीयले आरोप लगाएका छन् ।

२३ सय मिटर सडकको ट्रयाक खोल्नु पर्नेमा एक सय मिटर सडक पनि नखनिएको स्थानीय बासिन्दाले बताएका छन्  । कामै नगरेको सडकमा भुक्तानी दिइएको स्थानीय बास्न्दिाको गुणासो आएपछि गुणासोको आधारमा भुक्तानी दिइसकेको चेकसमेत कार्यालयले आफ्नो नियन्त्रणमा लिइसकेको जनाएको छ ।

स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले ‘प्राविधिकले बिल भरपाई पेश गरेपछि भुक्तानी गरिएको पाइएको बताउनुभयो । असारको महिनामा हतार हतारमा काम गर्दा प्राविधिकले के कसरी गरेको हो आफूलाई जानकारी नभएको बताउनुभयो । ‘कामै नभएको जानकारी आएपछि हामीले चेक थुतेका छौ’ पण्डितले भन्नुभयो ।

पण्डितले स्थानीय स्तरमा काम भए नभएको एकिन गरेर काम गरेको भए चेक हस्तान्तरण गर्ने नत्र चेक नदिने जानकारी दिनुभयो  कामै नगरी निकासा लिएको  घटना बारे आवश्यक छानबिन सुरु भैसकेको स्थानीय विकास अधिकारीले जानकारी दिनुभयो ।

नभएको काम भएको भनेर भुक्तानी लिन सफल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेतले समयमा स्काभेटर नभेटिएकोले काम गर्न ढिलाइ भएको प्रतिक्रिया दिनुभएको छ ।

बजेट फ्रिज हुन नदिन आफूहरुले आग्रह गरेको उहाँले जानकारी दिनुभयो । नेपाल सरकारका विभिन्न विकास कार्यक्रमहरुको रकम निकासा ढिलो हुने उपभोक्ताले पनि समयमा काम नगर्ने, असारको अन्त्यमा आएर काम गर्ने, आर्थिक प्रलोभनमा परेर प्राविधिकले कामै नगरेको योजनामा पनि भएको बिल भरपाई गराउने प्रचलन विगत वर्षदेखि नै जाजरकोटमा प्रचलनमा रहेको भए पनि यसमा नियमनकारी स्थानीय स्तरका निकाय पनि मिलेको हुन सक्कने भएकोले अहिलेसम्म कतै पनि कारबाहीका घटना बाहिर आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया