MENU

राजनीति

Ncell Axiata
chhaka panja

सामाजिक सुरक्षा भत्ता घर घरमै बाँड्ने इटहरी उपमहानगरको निणर्य

सुनसरी, साउन १ – इटहरी उपमहानगरले बाँड्ने सामाजिक सुरक्षा भत्ता घर घरमै लगेर बाँड्ने निर्णय गरेको छ । जननिर्वाचित पदाधिकारीको पहिलो बैठकले जेष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई दिइदै आएको समाजिक सुरक्षा भत्ता सर्वसुलभ तरिकाले वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । 

पहिलो बैठकले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमार्फत वितरण गर्ने र धेरै अशक्तहरुलाई मेयर र उपमेयरले घरैमा गएर भत्ता वितरण गर्ने निर्णय गरेको छ । इटहरी उपमहानगरको पहिलो बैठकले नगरभित्र हिंसामा परेका महिला जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई न्यायमा पहूँच पुर्‍याउन नगरपालिकाभित्र सहायता कक्षको स्थापना गर्ने समेत निर्णय गरेको छ । 

जननिर्वाचित पदाधिकारीहरुको आइतबार बसेको बैठकले इटहरी उपमहानगरमा देखिएको शौचालयको समस्या समाधान गर्ने समेत निर्णय गरेको छ । यसका लागि शहरका बिभिन्न स्थानमा एक महिना भित्रमा घुम्ती शौचालय राख्ने निर्णय समेत गरिएको बैठकपछि भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

बैठकले नौ बुदें निर्णय गरेको पत्रकार सम्मेलनमा जानारी दिँदै उपमेयर तथा प्रवक्ता लक्ष्मी गौतमले सुत्केरी भक्तामा वृद्धी गरिने जानकारी दिनुभयो । उहाँले अहिले नै उपमहानगर क्षेत्रका सरकारी स्वास्थ्य संस्था वा क्लिनिकहरुबाट प्राप्त हुँदै आएका औषधिहरुमध्ये बिरामीको अवस्था हेरी थप औषधि उपलब्ध गराउनु पर्ने अवस्था देखिएकाले  बजेट उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । 

नगरका विभिन्न स्थानमा शहरी स्वास्थय कार्यक्रम अन्तर्गत गाँउघर क्लिनीक सञ्चालनमा रहेको भएपनि औषधि अभाव देखिएकाले ती क्लिनिकहरुमा पनि औषधि उपलब्ध गराउने निर्णय भएको गौतमले बताउनुभयो ।  पहिलो बैठकले इटहरी उपमहानगरका महत्वपूर्ण सार्वजनिक स्थलहरुलाई  फ्रि वाई फाई जोन  बनाइने समेत निर्णय गरेको छ ।

बैठकले नगरपालिकाले सम्पादन गरेको कामका नगरभित्र सञ्चालित सञ्चार माध्यमबाट जानकारी दिने निर्णय गरेको छ । यस्तै नगरबासीको गुनासो र समस्या बुझ्नेका लागि महिनामा एक दिन हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी गुनासो र सुझाब संकलनका लागि गुनासोपेटिका र पैसा नलाग्ने टेलिफोन नम्बर राख्नेसमेत निर्णय गरेको छ । बैठकले इटहरी उपमहानगरलाई सफा र सुन्दर बनाउन  हरेक महिना सबै वडाहरुमा एक दिन सफाई अभियान सञ्चालनमा ल्याउने पनि निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​जलेश्वर नगरपालिकामा राजपा विजयी

    महोत्तरी, असोज ७ - महोत्तरीको जलेश्वर नगरपालिकाको मेयर र उपमेयर राष्टिय जनता पार्टी निर्वाचित भएको छ । राजपाका रामशंकर मिश्रले ५१८० मत ल्याएर जलेश्वरको मेयरमा विजयी हुनुभएको छ भने उपमेयरमा राजपाकै मुनसुनदेवी ४५६६ मतसहित विजयी हुनुभएको छ ।

  • प्रदेश नं २ : ९९ तहको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

    काठमाडौं, असोज ७ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना भइरहेको छ । अहिलेसम्म कांग्रेसको अग्रता छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेपाल संघीय समाजवादी र नयाँ शक्तिले प्रमुख पद जितेका छन् ।

  • रौतहटका दुई स्थानीय तहको नतिजा आउन बाँकी, यस्तो छ पछिल्लो नतिजा

    रौतहट, असोज ७ – रौतहटका १८ स्थानीय तहमध्ये १६ वटाको मतपरिणाम सार्वजनिक भैसकेको छ । कांग्रेसले ८, संघीय समाजवादी फोरमले ३, माओवादीले २, राजपाले २ तथा लोकतान्त्रिक फोरमले १ तहमा जित हासिल गरेका छन्

  • वीरगञ्ज महानगरको पछिल्लो परिणाम, कांग्रेसको अग्रता, माओवादीभन्दा एमाले अघि

    पर्सा, असोज ७ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ३२ हजार ९ सय ५४ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ ।

  • प्रचण्डको चुनाव क्षेत्रमा माओवादीको जित

    सिरहा, असोज ७ – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित सिरहाको तत्कालिन क्षेत्र नं. ५ का सबै स्थानीय तहमा माओवादी केन्द्रले एकछत्र विजय हासिल गरेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया