MENU

समाज

Ncell Axiata
chhaka panja

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

सोलुखुम्बु साउन १ – भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते भएका छन् ।  दुधकोशी गाउँपालिका–३ का ५५ वर्षका पूर्णबहादुर कार्की भालुको आक्रमणमा परि घाइते हुनुभएको हो । 

घर नजिकैको पाखामा सोतर काट्न जानुभएका कार्कीलाई आइतबार दिउँसो २ बजे भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

घाइते कार्कीको अनुहार र टाउँकोमा गहिरो चोट लागेको छ । घटनास्थल नजिकै अन्य मानिसहरु रहेकाले तत्काल उद्धार भएको र बचाउन सकिएको स्थानीय बासिन्दाले बताएका छन् । घाइते कार्कीको बासा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया