MENU

समाज

Ncell Axiata
chhaka panja

अपराधि छुटाउन फोन गर्ने नक्कली डिआइजी पक्राउ

चरिकोट, साउन २ – आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षका मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनले सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई छाड्न प्रहरी नायब उपरीक्षक ढुङ्गेललाई फोन गर्दैआएका थिए । 

उमाकुण्ड गाउँपालिका–२ का दावा सोनाम शेर्पालाई सार्वजनिक अपराध मुद्दाअन्तर्गत गएको असार ४ गते प्रहरीले पक्राउ गरेको थियो । शेर्पालाई छाड्न केसीले प्रहरी प्रमुख ढुङ्गेललाई लगातार फोन गरेर दबाब दिँदैआएका थिए । 

“म प्रहरी नायब महानिरीक्षक सुदीप आचार्य हुँ भन्दै लगातार फोन गर्न थाले,” ढुङ्गेलले भन्नुभयो । अनुसन्धानका क्रममा केसी नक्कली डिआइजी बनेर फोन गर्ने गरेको भेट्टिएपछि केसीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । रासस 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया