MENU

समाज

Ncell Axiata
sagun

काठमाडौं महानगरले जग्गाको मूल्य तोक्यो : कुन ठाउँमा कति ?

काठमाडौं, साउन २ – काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने जग्गाको मूल्य तोकेको छ । महानगरपालिकाले आर्थिक ऐन पारित गर्दै जग्गाको मूल्य निर्धारण गरेको हो । काठमाडौं महानगरभित्र पर्ने १ हजार ३ सय ९७ वटा ठाउँको जग्गाको मूल्य तोकिएको छ । नयाँ मूल्यका आधारमा खरिद बिक्री कर लाग्नेछ ।

जग्गाको मूल्यमा छुटको व्यवस्था समेत गरिएको छ । महानगरले करका दरहरु सार्वजनिक गर्दै सबै खाले व्यवसायमा करका नयाँ दरहरु निर्धारण गरेको छ । नयाँ करले सबैखाले व्यवसाय गर्न महंगो पर्ने देखिएको छ । 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र एक व्यक्तिका नाममा दर्ता कायम रहेका घर तथा जग्गाहरुलाई एक युनिट मानि कर निर्धारण गरिनेछ । घर जग्गा मूल्यांकनको लागि जग्गाको क्षेत्रफल आठ आनासम्म भएमा सम्पुर्ण जग्गा घरजग्गा कर निर्धारणमा समाबेश गर्ने सो भन्दा बढी क्षेत्रफल भएकाको हकमा भवन वा घरले चर्चेको क्षेत्रफलको दुई गुणासम्मको जग्गा मात्र मूल्याङ्कनमा समाबेश गरी कर निर्धारण गरिने भएको हो । 

जुनसुकैप्रकारले हक हस्तान्तरण हुँदा महानगरपालिकाले गरेको मूल्यांकन भन्दा लिखतको मूल्य घटी वा बढी भए पनि नगर सभाबाट स्वीकृति भएको दरको आधारमा मात्र घरजग्गाको मूल्यांकन गरि कर निर्धारण गरिनेछ । 

जग्गाको मूल्यमा निम्नानुसार छुट हुनेछ व्यवस्था छ 

क) सडकले नछोएका, एक दशमलव पाँच मिटरसम्म चौडा बाटोले छोएका भवन, घर, टहरा वा जुनसुकै भौतिक संरचना रहेको जग्गाको मूल्यमा बीस प्रतिशत छुट हुनेछ । 
ख) एक दशमलव पाँच मिटरदेखि चार मीटरसम्म चौडा बाटोले छोएका भवन, घर, टहरा वा जुनसुकै भौतिक संरचना रहेको जग्गाको मूल्यमा पन्ध्र प्रतिशत छुट हुनेछ । 
ग) चार मिटरदेखि आठ मिटरसम्म चौडा बाटोले छोएका भवन, घर, टहरा वा जुनसुकै भौतिक संरचना रहेको जग्गाको मूल्यमा दश प्रतिशत छुट हुनेछ । 
घ) आठ मिटर भन्दा माथि जतिसुकै चौडा बाटोले छोएका भवन, घर, टहरा वा जुनसुकै भौतिक संरचना रहेको जग्गाको मूल्यमा छुट हुनेछैन । 

महानगरपालिकाले पारित गरेको आर्थिक ऐन हेर्नुहोस्, कहाँको जग्गाको कति ?  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बझाङमा भूकम्प गयो

    बझाङ, मंसिर ६ – बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ ।

  • चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर

    उत्तरी छिमेकी देश चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग तमोर करिडोर निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन् ।

  • ठेकेदा मेयर बने तर स्वास्थ्य चौकीको भवन बनेन

    छेडेदह गाउपालिका–१ काँडा गाउँको स्वास्थ्य चौकीको भवन सात वर्ष अगाडि निर्माणको जिम्मा लिएका राजनेन्द्र निमार्ण सेवाका सञ्चालक भीमबहादुर साउद मेयरमा निर्वाचित भएका छन् । तर स्वास्थ्य चौकी भवन निर्माण नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।

  • सईले गरे महिला प्रहरीमाथि कुटपिट

    सप्तरी, मंसिर ६ – शान्तिपूर्वक बाँच्न पाउनु र आफ्नो पेशा ब्यवसाय गर्न पाउनु नागरिकको मौलिक अधिकार हो । संविधानमै किटान गरिएको यो अधिकार हनन् हुने वित्तीकै त्यसको कानुनी उपार खोज्न प्रहरीमा जाने व्यवस्था छ ।

  • मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा डायलासिस सेवा बन्द

    कैलाली, मंसिर ६ – एक महिनाको अवधीमा तीनवटा डायलासिस मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा एक वर्ष अघिदेखि सुरु भएको डायलासिस सेवा बन्द भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया