MENU

समाज

Ncell Axiata
USAID

जहाँ साउने संक्रान्तिमा दिइन्छ बिदा, राँको बाल्दै मनाइयो संक्रान्ति

नेत्र शाही/उज्यालो ।

जुम्ला, साउन २ – जुम्लामा परापूर्वकालदेखिदेखि मनाउँदै आएको साउने संक्रान्ति राँका बालेर मनाइएको छ । स्थानीय बासिन्दाले घरको छत, ओटालोमा राँका बाल्दै संक्रान्ति मनाएका हुन् । 

जुम्ला सदरमुकाम र जिल्लाका गाउँबस्तीमा एकैपटक आगोको राँका बालेर साउने संक्रान्तिको सन्देश दिने चलन आइतबार पनि व्यापक रुपमा झल्कियो । साउन १ गते यो क्षेत्रमा स्थानीय बिदासमेत गर्ने चलन रहि आएको छ ।  

उनीहरुले परम्परागत रुपमा राँका बाल्दै आफ्नो गाउँ सिधा खोला पारिका गाउँहरुका मानिहसरुलाई गालि समेत गर्दछन् । हरेक घरमा जति परिवार सदस्य छन् त्यति नै राँका बालेर आ आफ्नो छत तथा आँगनमा आफू र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्यादी सबै जावस भन्ने कामना अनुसार राँका बाल्ने चलन रहेको छ ।   

कर्णालीका गाउँबस्तीमा झिसमिसे अँध्यारोमा देवादार र सल्लाको बल्ने दाउरा बालेर राँका बाल्ने चलन छ । यसले एक यहाँ एक फरक सभ्यता र उदाहरण स्थापित गर्दै आएको छ । आगोको राकाँ बाल्ने बित्तिकै ठूलो स्वरले घरका सबै सदस्यले कराउने र खोला पारिको गाउँका मानिसहरुलाई गाली गर्ने चलन रहेको छ । राँका बालि सकेपछि बनाइएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ ।  

एकै पटक सबैको घरमा हजारौं आगोको राँका बालेर हेर्दाको दृश्य निकै रौनक देखिन्थ्यो । परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठूलो सभ्यता बोकेको संस्कृतिविद रमानन्द आचार्यले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया