MENU

राजनीति

Ncell Axiata
sagun

गोपालप्रसाद पराजुलीले आज प्रधानन्यायाधीशको सपथ ग्रहण गर्ने

काठमाडौं, साउन २ – गोपालप्रसाद पराजुलीले सोमबार प्रधानन्यायाधीशको सपथ ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्तिसँगै उहाँले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

राष्ट्रपति कार्यालय शितलनिवासमा हुने कार्यक्रममा सपथपछि पराजुलीले सोमबार नै सर्वोच्च अदालतमा पदवहाली गर्नुहुनेछ । संसदीय सुनुवाईका क्रममा पराजुलीले आइतबार न्याय क्षेत्र सुधारका लागि ३९ बुँदे कार्यायोजना प्रस्तुत गर्दै न्यायालयलाई निष्पक्ष र छिटो कार्यसम्पादन गर्ने थलोका रुपमा विकास गर्ने बताउनुभएको थियो । 

त्यसअघि कानून ब्यवसायी रहेका पराजुली २०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा न्याय सेवामा प्रवेश गर्नुभएको हो । उहाँ आउदो वैशाख १५ गते प्रधानन्यायाधीशबाट अवकास पाउनुहुनेछ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया