MENU

समाज

Ncell Axiata
sagun

११ वर्षकी बालिका गर्भवती भएपछि गाउँ निकाला, प्रहरीसमेत सहयोग गर्न मानेन

वुद्ध तामाङ/उज्यालो । 

भोजपुर, साउन २ - भोजपुरको पूर्वी अरुण गाउँपालिका-५ याकुकी ११ वर्षकी एक बालिका गर्भवती भएपछि गाउँ निकाल गरिएको छ । छिमेकी २० वर्षका दुर्गाबहादुर श्रेष्ठले ललाई फकाइ बालिकासँग शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएको स्थानीय बासिन्दाले बनाएका छन् । 

गाउँनिकालापछि धरान गएकी बालिका भने बिचल्लीमा परेकी छिन् । उनको बुवा नेवार र आमा दलित समुदायको भएकोले केटा पक्षले दलितको छोरी नभित्राउने भन्दै धम्की दिएपछि बालिकालाई गाउँनिकाला गरिएको हो । बालिकासँग ०७३ साल पुस ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । घटना बाहिरिएपछि दुर्गाले बालिकालाई धरान लिएर गए पनि त्यहाँ पुगेपछि उनी भागेका छन् । बालिकाको विचल्ली भएको छ ।

‘६ महिनाको गर्भवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो’ बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भन्नुभयो, ‘उनीसँगै साथी गएको केटा दुर्गाबहादुरको अत्तोपत्तो छैन । छोरी धरानमा अलपत्र परेकी छिन् । छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे रे’ बुवा खगेन्द्र श्रेष्ठले गहभरी आशु पार्दैै भन्नु भयो । 

‘अन्तरजातीय विवाह गरेका कारण समाजले पनि मलाई न्याय दिएन’ खगेन्द्रले भन्नुभयो, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक र धम्की दियो । हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर ।’ 

स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा–७ मा पढ्ने छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उहाँले भन्नुभयो, ‘गाउँ समाजले छोरीलाई समाजबाट नै हटाउने कुरा गरे । मैले केही बोल्न सकिनँ ।’ 

बालिकाकी माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परिक्षणका लागि लाँदा गर्भवती भएको पाइएको बताउनुभयो । घलेले महिलासमेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको जानकारी दिनुभयो । प्रहरी चौकी याकुमा गएर सहयोग माग्दासमेत सहयोग नपाएको परिवारले बताएको छ । 

याकु प्रहरी चौकीका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर बिहे गरिदिने निर्णय भए अनुसार काम गरिदिने बताउनुभएको छ । प्रहरीले मेलमिलाप गराउने बताएर आफू पन्छिन् खोजेको छ । गाउँमै बस्ने वातावरण बनाउन प्रहरीले असहयोग गरेको आफन्तले गुनासो गरेका छन् ।महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताउनुभयो । यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मगर संघ युएईमा नयाँ नेतृत्व

    मंसिर ९ – नेपाल मगर संघ युएई शाखामा नयाँ नेतृत्व चयन भएको छ । १३ वर्ष यता युएईमा कार्यरत रुपन्देही मोतिपुरका टंक थापा मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।

  • जनकपुरमा एक महिलाको रहस्यमय मृत्यु, सासूससुरा शंकाको घेरामा

    जनकपुरमा शनिबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर– २ का आनन्दमोहन शर्माकी २२ वर्षीय श्रीमती रञ्जना शर्माको रहस्यमा मृत्यु भएको हो ।

  • धनुषामा आगलागी हुँदा ७ लाख बढीको क्षति

    धनुषा, मंसिर ९– धनुषामा शुक्रबार राति आगलागी हुँदा एउटा घर जलेर ७ लाख भन्दा बढीको क्षति भएको छ । धनुषाको सहिद नगरपालिका –८, बस्ने सरोज प्रसाद गोहिवारको घरमा शुक्रबार राति ११ बजे अचानक आगलागी भएको थियो ।

  • ​युएईमा यस्तो देखियो सागर आले र सुजाता पाण्डेको क्रेज

    युएई, मंसिर ९ – नेपाल आइडलमा चौथो र पाँचौ भएका सागर आले र सुजाता पाण्डेले आबुधाबीमा प्रस्तुती दिएका छन् । एक हजार जना भन्दा धेरै नेपालीको उपस्थितीमा आले र पाण्डेले शुक्रबार युएईमा पहिलो पटक प्रस्तुती दिएका हुन् ।

  • ​विदेशबाट फर्किएका कामदारलाई तालिम

    काठमाडौं, मंसिर ९ – विदेशबाट फर्किएका कामदारलाई आल्मुनियम फेब्रिकेटर र इलेक्ट्रिसियनको पुनर्ताजगी तालिम दिइएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया