MENU

अर्थ

Ncell Axiata
sagun

चिठ्ठा प्रणालीबाट शेयर बाँडफाँड गरेपछि रसुवाका बासिन्दा आक्रोशित

रसुवा, साउन २ – रसुवाको मैलुङ खोला जलविद्युत कम्पनीले जारी गरेको प्राथमिक शेयर अर्थात आइपीओ चिठ्ठा प्रणालीमा वितरण गरेकोे भन्दै रसुवाका बासिन्दा आक्रोशित भएका छन् । 

आयोजनाको प्रभावित क्षेत्र र रसुवाका बासिन्दाका लागि ३ लाख ६८ हजार १ सय ४४ कित्ता शेयर बितरण गरिने बताइए पनि वाँडफाँड गर्ने समयमा चिठ्ठा प्रणालीमा वितरण गरेपछि रसुवाका बासिन्दा आक्रोशित भएका हुन् । 

आयोजनाले कुल शेयरको १० प्रतिशत रसुवाका बासिन्दालाई छुट्याउनुपर्ने भएकाले शेयरको लागि आवेदन माग गरेको थियो । गएको जेठ १७ गतेबाट जेठ ३१ गतेसम्म आवेदन माग गरिएकोमा रसुवाका ९५ प्रतिशतले शेयर भरेका थिए । कम्पनीले चिठ्ठा प्रणाली भन्दै २२ हजार ९ सय ३२ जनालाई मात्र शेयर वितरण गरेको छ । 

एक हजार कित्ता भर्नेलाई तीन सय ३३ कित्ता, दुई सय कित्ता भर्नेलाई ६७ , सय कित्ता भर्नेलाई ३२ कित्ता र न्युनतम ५० कित्ता भर्नेलाई १० कित्ता परेको छ । तर शेयर भरेकामध्ये अधिकांशलाई शेयर परेको छैन । 

नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा लामाका अनुसार रकम भरेकै आधारमा शेयरको बाँडफाँड गरेर प्राकृतिक स्रोत माथि जनताको समान उपभोग गर्न पाउने अधिकार माथी आक्रमण भएको बताउनुभयो । रसुवाका बासिन्दाका लागि ५० कित्तादेखि १ हजार ८ सय ४० कित्तासम्मका लागि आबेदन दिन सकिने व्यवस्था गरिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया