MENU

समाज

Ncell Axiata
chhaka panja

​साउदीबाट १२ नेपालीको उद्धार

खोटाङ, साउन २- साउदी अरवमा अलपत्र परेका १२ युवाको उद्धार गरिएको छ । कार्यरत समी इब्राहिम आबु अल्सामत कन्ट्र्याक्टिङ इस्ट कम्पनीले ४ महिनासम्म तलव तथा खाने र बस्ने सुविधा नदिइ अलपत्र पारेका १५ जनामध्ये चितवनका जीवन महतो, कपिल स्याङतान, अशोक लामा र भक्ती चौधरी, उदयपुरका तारा कार्की र काजी कार्की, झापाका जीतबहादुर थापा र दिपबहादुर थापा, सिन्धुलीका थिरबहादुर थापा, मोरङका सुसन खड्का, रौतहटका बिजुली मुखिया र भक्तपुरका बालहरि परियारको उद्धार गरिएको हो । 

म्यानपावरसँग गरिएको सम्झौता विपरित कम्पनीले अर्कै काममा लगाएको, तलव नदिएको र खानेवस्ने व्यवस्था नमिलाएको पाइएपछि युवालाई नेपाली दुताबास तथा विभिन्न संघसंस्थाको पहलमा स्वदेश फर्काइएको हो । उनीहरुलाई नेपाल फर्कने टिकट र त्यसक्रममा लाग्ने खाना खर्च स्वयं म्यानपावर कम्पनीलाई बेहोर्न लगाएर स्वदेश फर्काइएको साउदीअरवबाट खोटाङका गजेन्द्र खालिङ राईले जानकारी दिनुभयो । १५ जना युवा सेल्समेन र मेकानिकल सम्बन्धी कामका लागि ७ महिनाअघि मेनपावर कम्पनी एच गल्फ ग्रुपमार्फत साउदीअरब पुगेका हुन् । 

अलपत्र परेका युवालाई कम्पनीबाट उद्धार गरेर ३ महिनासम्म दुतावासको शरणमा राखिएको थियो । अलपत्रमध्ये पर्वतका देवबहादुर राना, महोत्तरीका जोककुमार राई दनुवार र ईलामका प्रेमराज लिम्बू केही समयपछि स्वदेश फर्कने राईले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया