MENU

राजनीति

Ncell Axiata
sagun

भरतपुरमा के हुन्छ ? आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, साउन २ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने नहुने अन्योल बढेको छ ।

सोमबार भरतपुरको मुद्दा न्यायाधीशहरु ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा तोकिएको छ । पेसी तोकिए पनि सोमबार नै पालो आउने नआउने टुंगो नभएकाले सुनवाई हुने नहुने अन्योल भएको हो । सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको सपथ ग्रहण र पदवहालीको कार्यक्रम पनि रहेको छ ।

भरतपुर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको दुई महिना वित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन् भने चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया