MENU

समाज

Ncell Axiata
sagun

पछिल्लो ५ वर्षमा विदेश जाने महिला धेरै झापाका, थोरै सिरहाका

लक्ष्मी चौधरी/कैलाली ।

साउन २ – सुरक्षित आप्रवासन (सामी) परियोजना लागू भएका १८ जिल्लाबाट ४४ हजार ४ सय ९२ जना महिला वैदेशिक रोजगारीको लागि गएका छन् । ५ वर्षमा विदेशिएका ९ लाख ३६ हजार ३ सय ४ जना मध्ये ४४ हजार ४ सय ९२ जना अर्थात ४ दशमलव ७६ प्रतिशत महिला रहेको सुरक्षित आप्रवापस परियोजना सामी जारी गरेको तथ्याङ्कले देखाउँछ ।  

यो अवधिमा सबैभन्दा धेरै झापाबाट ९ हजार ४ सय ५४ र सबै भन्दा कम सिराहबाट १ सय ५७ महिला विदेश गएका छन् ।

सिन्धुपाल्चोकबाट ८ हजार ६९, सुनसरीबाट ३ हजार ८ सय ४, नुवाकोटबाट ३ हजार ५ सय २७, नवलपारासीबाट २ हजार ८ सय ५५, धादिङबाट २ हजार २ सय ९१, सिन्धुलीबाट २ हजार १ सय १९, रामेछापबाट २ हजार ४ सय ३६ जना वैदेशिक रोजगारीको लागि विदेश गएका छन् ।

यस्तै उदयपुरबाट १ हजार ९ सय ६६, कास्कीबाट १ हजार ७ सय ७९, खोटाङबाट १ हजार ६ सय ७६,दागबाट १ हजार ५ सय ४ र सर्लाही १ हजार ३ सय २८ जना विदेश गएको तथ्याकले देखाउँछ ।

त्यस्तै कैलालीबाट पाँच वर्षमा ५ सय ७४ महिला वैदेशिक रोजगारीको लागि तेस्रो मुलुक गएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै धनुषाबाट ३ सय ६०, र महोत्तरीबाट ३ सय ३५, सप्तरीबाट २ सय ५९ जना महिला विदेश गएका छन् ।

तराई मधेषक्षेत्रबाट कामको खोजिमा जाने महिलाको संख्या कम देखिएको छ । तर, यही क्षेत्रबाट जाने पुरुष भने बढिरहेको तथ्याङ्कले देखाउँछ । 

सबैभन्दा कम महिला विदेश गएको सिराह जिल्लामा ८२ हजार ३ सय ८३ जना पुरुष  विदेशिएका छन् ।  

नेपालबाट सबैभन्दा बढी आर्थिक वर्ष २०७०/७१ मा १५ हजार २ सय ५३ महिला विदेश गएका छन् भने आर्थिक वर्ष २०७२/७३ मा ५ हजार ९ सय ११ कामको खोजिमा विदेशिएका छन् । त्यस्तै आर्थिक वर्ष २०६८/६९ मा २ हजार ८ सय /६९ जना, २०६९र७० १३ हजार ५ सय ९३ विदेश गएका छन् भने २०७१/७२ मा  ६ हजार ८ सय ६६ जना कामको खोजिमा विदेश गएका छन् ।

यो तथ्याङ्क सुरक्षित आप्रवासन परियोजना लागू भएका १८ जिल्लाबाट श्रम स्वीकृति लिएर विदेश जानको संख्या हो । यस बाहेक भारतीय नाका सहित अन्य अवैध बाटो प्रयोग  गरी तेस्रो मुलुक जानेको संख्या धेरै रहेको सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने संस्थाहरुको भनाई छ । 

सुरक्षित आप्रवासन परियोजनाले सुरक्षित वैदेशिक रोजगारीको लागि सूचना, तालिम, न्याय तथा मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

सन् २०१४ को फेब्रुअरीबाट परियोजना सञ्चालन भएको कैलालीमा झण्डै ४५ हजार जनालाई वैदेशिक रोजगारी सम्बन्धि जानकरी तथा सूचना प्रवाह गरिएको कैलालीमा परियोजना सञ्चालन गरिरहेको सिर्जनसिल समाजको सिर्जना(सिसिएस) का संयोजक दिपेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समयमा वैदेशिक रोजगारीसम्बन्धी सूचना लिएर जानेको संख्या बढेको बताउनुभयो । पासपोर्ट बनाउने सबैले सुरक्षित आप्रबासन (सामी) परियोजना अन्र्तगत सञ्चालित सूचना तथा परामर्श केन्द्रमा पठाएर सूचना दिने गरेको उहाँको भनाई छ । सिसिएस अन्र्तगत सामी परियोजनाले कैलालीका ७ गाविस, ४ नगरपालिका र १ उपमहानगरपालिकाका विभिन्न गाविस, समुदाय स्तरीय अभिमुखीकरण, घुम्ती शिविर, घुम्ती परामर्श सेवा मार्फत सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सबै सूचना दिँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बझाङमा भूकम्प गयो

    बझाङ, मंसिर ६ – बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ ।

  • चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर

    उत्तरी छिमेकी देश चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग तमोर करिडोर निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन् ।

  • ठेकेदा मेयर बने तर स्वास्थ्य चौकीको भवन बनेन

    छेडेदह गाउपालिका–१ काँडा गाउँको स्वास्थ्य चौकीको भवन सात वर्ष अगाडि निर्माणको जिम्मा लिएका राजनेन्द्र निमार्ण सेवाका सञ्चालक भीमबहादुर साउद मेयरमा निर्वाचित भएका छन् । तर स्वास्थ्य चौकी भवन निर्माण नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।

  • सईले गरे महिला प्रहरीमाथि कुटपिट

    सप्तरी, मंसिर ६ – शान्तिपूर्वक बाँच्न पाउनु र आफ्नो पेशा ब्यवसाय गर्न पाउनु नागरिकको मौलिक अधिकार हो । संविधानमै किटान गरिएको यो अधिकार हनन् हुने वित्तीकै त्यसको कानुनी उपार खोज्न प्रहरीमा जाने व्यवस्था छ ।

  • मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा डायलासिस सेवा बन्द

    कैलाली, मंसिर ६ – एक महिनाको अवधीमा तीनवटा डायलासिस मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा एक वर्ष अघिदेखि सुरु भएको डायलासिस सेवा बन्द भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया