MENU

समाज

Ncell Axiata
sagun

न्याय दिनेले नै अन्याय गरेको भन्दै सासंदको आपत्ती, जुगुँ घटनामा अन्याय गरेको आरोप

काठमाडौं, साउन २ – दोलखाका तीन सासंदले न्याय दिने निकायमा बसेर न्यायको पक्षमा लड्नुपर्ने मान्छेले नै अन्याय गरेको भन्दै आपत्ती जनाएका छन् । महान्याधीवक्ता रमन कुमार श्रेष्ठले न्यायिक प्रक्रिया अगाडि बढाउन छाडेर घटना नै गुपचुप पार्न लागेको भन्दै उनीहरुले आपत्ती जनाएका हुन् ।   

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर एमाले सांसदहरु पशुपति चौलागाइँ, पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलले न्यायिक निकायमा बसेर न्यायको लागि काम नभएको जनाएका हुन् । 

के हो घटना ?

पहिलो चरणको स्थानीय तहको चुनावको केही दिन अघि वैशाख २६ गते दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा झडप हुँदा स्थानीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको थियो ।

तामाङको हत्या भएको र हत्यारालाई कारबाही हुनुपर्ने भन्दै स्थानीय बासिन्दा गोरे तामाङले घटनामा संलग्न ३९ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरी दोलखा जिल्ला अदालमा पेश गरेको थियो । जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले हत्यामा संलग्नलाई साधारण तारिखमा छाडिदिएका थिए ।  

यसरी हत्यामा संलग्न भएकालाई पनि गहिरिएर अनुसन्धान नगरी साधारण तारिखमा छाड्नु गलत भएको भन्दै एमाले सांसदले आपत्ती जनाएका छन् । जिल्ला अदालतको निर्णयपछि पुनरावेदन गर्न मुद्दा महान्यायाधीवक्ताको कार्यालयमा आयो । 

महान्यायाधीवक्ता रमन कुमार  श्रेष्ठले घटनाको फाइल हेर्नुपर्यो भन्दै फाइल ल्याएर आफ्नो दराजमा राखेको तर कुनै पहल नगरेको भन्दै सासंदहरुले विरोध गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मगर संघ युएईमा नयाँ नेतृत्व

    मंसिर ९ – नेपाल मगर संघ युएई शाखामा नयाँ नेतृत्व चयन भएको छ । १३ वर्ष यता युएईमा कार्यरत रुपन्देही मोतिपुरका टंक थापा मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।

  • जनकपुरमा एक महिलाको रहस्यमय मृत्यु, सासूससुरा शंकाको घेरामा

    जनकपुरमा शनिबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर– २ का आनन्दमोहन शर्माकी २२ वर्षीय श्रीमती रञ्जना शर्माको रहस्यमा मृत्यु भएको हो ।

  • धनुषामा आगलागी हुँदा ७ लाख बढीको क्षति

    धनुषा, मंसिर ९– धनुषामा शुक्रबार राति आगलागी हुँदा एउटा घर जलेर ७ लाख भन्दा बढीको क्षति भएको छ । धनुषाको सहिद नगरपालिका –८, बस्ने सरोज प्रसाद गोहिवारको घरमा शुक्रबार राति ११ बजे अचानक आगलागी भएको थियो ।

  • ​युएईमा यस्तो देखियो सागर आले र सुजाता पाण्डेको क्रेज

    युएई, मंसिर ९ – नेपाल आइडलमा चौथो र पाँचौ भएका सागर आले र सुजाता पाण्डेले आबुधाबीमा प्रस्तुती दिएका छन् । एक हजार जना भन्दा धेरै नेपालीको उपस्थितीमा आले र पाण्डेले शुक्रबार युएईमा पहिलो पटक प्रस्तुती दिएका हुन् ।

  • ​विदेशबाट फर्किएका कामदारलाई तालिम

    काठमाडौं, मंसिर ९ – विदेशबाट फर्किएका कामदारलाई आल्मुनियम फेब्रिकेटर र इलेक्ट्रिसियनको पुनर्ताजगी तालिम दिइएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया