समाज
बाढी पीडित पैसा लिन आएनन्, तीस लाख फ्रिज
- Monday, Jul 17, 2017
- 14:08 PM ( 9 months ago )
- Total Views: 2.5 K
बाँके, साउन २ – बाढी पीडितका लागि छुट्टाइएको झण्डै ३० करोड रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । तीन वर्षअघि बाँकेमा आएको बाढीका कारण पूर्णरुपमा घर नोक्सान भएका परिवारलाई घर निर्माणका लागि सरकारले गत आर्थिक वर्षमा रकम पठाएको भएपनि बाढी पीडितहरु रकम लिन नआएपछि रकम फ्रिज भएको हो ।
बाँके र बर्दियाका बाढी पीडितलाई घर निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ४९ करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो ।
तर दुबै जिल्लामा गरी झण्डै २० करोड रुपैयाँ मात्रै खर्च भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जकाका इञ्जिनियर होमनाथ भुसालले जानकारी दिनुभयो । दुबै जिल्लामा कन्टेन्जेन्सी बाहेक १९ करोड ३० लाख रुपैयाँ बाढी पीडितले प्राप्त गरेका छन् ।
सुरुमा सम्झौता भएपछि ५० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यसबाट घरको जग बनाएको प्राविधिक मुल्यांकनपछि एकलाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्राविधिक मुल्यांकनपछि त्यो रकमबाट छाना छाउने तहसम्म निर्माण गर्नु पर्नेछ ।
तीन किस्तामा गरी घर निर्माणका लागि एक परिवारलाई अनुदानमा तीन लाख रुपैयाँ प्रदान गरिने छ । घर निर्माणका लागि जग्गा नहुने परिवारलाई सम्झौताकै समयमा जग्गा खरिदका लागि थप ५० हजार रुपैयाँ समेत उपलब्ध गराएने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जका इञ्जिनियर भुसालले जानकारी दिनुभयो । जग्गा खरिद गरेकोे लालपूर्जाका आधारमा पहिलो किस्ता पाउने भुसालले बताउनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
हिमाल आरोणका लागि ३ सय ८३ जना आरोही आधार शिविरमा
हिमाल आरोहणका लागि दर्ता गराएका ४० समूह मध्ये ३३ समूहका ३ सय ८ जना सगरमाथा आरोहणदलका सदस्य रहेका छन् । यस्तै, ल्होत्से हिमाल आरोणका लागि ६ समूहका ६४ जना र नुप्त्से हिमाल आरोणका लागि १ समूहका ११ जना आरोहण दलका सदस्य रहेका छन् ।
-
पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज
काठमाडौँ, वैशाख ६ – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ ।
-
गाडी गुड्ने सडकमा गहुँ सुकाइदिएपछि...
डोटी, वैशाख ६ – स्थानीयबासिन्दाले खेतबारीबाट काटेर ल्याएको गहुँ पक्की सडकभरि बिच्छाएपछि यातायातको यात्रा असुरक्षित हुन थालेको छ ।
-
आगलागीले रोकिएको विवाह जनप्रतिनिधिले गरिदिए
बारा, वैशाख ६ – महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिहरुले आगलागी पीडित एक दलित युवतीको बिहीबार विवाह गरिदिएका छन् ।
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
-
तीन दिनभित्र कर्मचारीको विवरण पठाउन निर्देशन
काठमाडौं, वैशाख ७ – वैशाख संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
- स्वयम्भूमा लुकेर बसेका ‘सांसद’ दीपक मनाङ्गे पक्राउ
- पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज
- आईपीएलमा बुमराहभन्दा पनि किफायती बलर सन्दीप !
- गाडी गुड्ने सडकमा गहुँ सुकाइदिएपछि...
- आगलागीले रोकिएको विवाह जनप्रतिनिधिले गरिदिए
- आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
- पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
- कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्ष
- मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
प्रतिक्रिया दिनुहोस