MENU

समाज

Ncell Axiata

​भरतपुर विवादबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, साउन १ – भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सुनुवाइका लागि ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा पेशी तोकिएको थियो । पेशीलाई प्राथकितासहति पहिलो नम्बरमा राखेर अहिले सुनुवाइ भइरहेको छ । 

मतणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो । तर आयोगको त्यो निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट दायर भएको थियो । 

त्यो रिटमा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना बित्दापनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कोरियन भाषा परीक्षाको नतिजा भोली

    काठमाडौं, साउन १० – कोरियन भाषा परीक्षाको नतिजा भोली बुधबार प्रकाशन हुँदैछ । यसअघि असार दोश्रो हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो।

  • अलपत्र नेपालीबारे लेखिएको समाचारलाई लिएर नेपाली दूतावास युएई र पत्रकार महासंघबिच जुहारी

    पत्रकार कोही कसैसँग पूर्वाग्राही नभएको र पीडितको आरोपलाई दूतावासका प्रतिनिधिको भनाइ सहित समाचार प्रकाशन गर्नु पत्रकारको धर्म भएको महासंघले स्पष्ट पारेको छ । भिजिट भिसाको कारोबार गर्ने र नेपालीलाई ठग्ने दलाललाई दूतावासले र नेपालमा सञ्चालित ट्राभल्सलाई सरकारले कारबाही गर्नुपर्ने माग समेत महासंघले गरेको छ।

  • पतिको हत्या आरोपमा एक महिला पक्राउ

    लहान, साउन १० – पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ ।

  • ​सडक हिलाम्मे भएपछि स्थानीयवासी सडकमै उत्रिए

    बर्दियाको सदरमुकाम गुलरियादेखि भुरिगाउँ र कोठियाघाट हुलाकी सडक हिलाम्मे हुँदा सदरमुकाम ओहोरदोहोर गर्न समस्या भएको छ । निर्माणाधिन हुलाकी सडकमा ठूलाठूला खाल्डाखुल्डी र हिलोले गर्दा साना तथा ठूला सवारी साधन चलाउन समस्या भएपछि ओहोरदोहोर गर्न समस्या भएको हो ।

  • ५–७ सयको खाद्यान्न बेच्ने पसलमा बिक्छ ५–७ हजारको रक्सी र चुरोट

    बझाङ, साउन १० – ‘धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ ।’ रेडियो, टिभी र पत्रपत्रिकामा यस्ता सूचना धेरै भेटिन्छन् । सुर्ती, चुरोटका बट्टामा पनि धुम्रपानले गर्ने असरको डरलाग्दो चित्र राखिएको छ । घर परिवारमा आफन्त र ठूलाबडाले पनि भन्छन् ‘रक्सी र सुर्ती, चुरोट खान हुँदैन ।’

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया