MENU

समाज

Ncell Axiata

इलामका चार नगरपालिकाका १८ वडा कार्यालय भाडामा सञ्चालन

इलाम साउन २ – इलामका चार नगरपालिकाका १८ वडा कार्यालय भाडामा सञ्चालन गरिने भएको छ । जिल्ला समन्वय  समिति इलामका अनुसार जिल्लाका सुर्योदय र माई नगरपालिकाका सात/सात, देउमाई नगरपालिकाका तीन र इलाम नगरपालिकामा एक वटा वडा कार्यलयको भवन भाडामा सञ्चालन गरिने भएको हो । 

जिल्लाकै सबै भन्दा ठूलो नगरपालिका सुर्योदय नगरपालिकाका २, ६, ८, ९, १०, १३, र १, माई नगरपालिकाका १, ३, ४, ५, ६, ८ र १० वडा कार्यालय भाडामा सञ्चालन गरिने भएको छ । यस्तै देउमाई नगरपालिकाका १, २ र ८, इलाम नगरपालिकाको ४ नम्बर वडा कार्यालय भाडामा सञ्चालन गरिने भएको हो । 

भाडामा घर लिइसके पनि कर्मचारी अभाव भएका कारण सेवाग्राहीलाई सेवा दिन समस्या भएको छ । समस्याका कारण असार १४ गते भएको दोस्रो चरणको स्थानीय तहको चुनावमा विजय भएका ७२ जना जनप्रतिनिधिलाई समेत काम सुरु गरेर सेवा प्रवाह गर्न समस्या भएको  छ  ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एउटा चितुवा मृत भेटियो, करेन्ट लागेको अनुमान

    बर्दिया, साउन ११ – बर्दियाको गुलरिया नगरपालिका-५ सुहेलवामा रहेको राधाकृष्ण थारु महिला सामुदायिक वनमा एउटा पोथी चितुवा मृत अवस्थामा भेटिएको छ ।

  • भारतीय गुप्तचर संस्था ‘रअ’ को एजेन्ट हुँ भन्दै ठगी गर्ने ४ जना पक्राउ

    चितवन, साउन ११ – भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रतिनिधि भन्दै उद्योगी व्यवसायीसँग ठूलो रकम माग गर्ने गिरोहका मुख्य अभियुक्तसहित चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

  • एजेण्टले नठगेको भए मैले यत्तिको प्रगति कहाँ गर्थें

    सर्लाही, साउन ११ – एजेण्टले धोका नदिएको भए सर्लाहीको लालबन्दी नगरपालिका–७ का विनोद साह सायद अहिले साउदी अरबमै हुनुहुन्थ्यो । किनकी उहाँ महिनाको ७० हजार रुपैयाँ कमाउने आश्वासनमा साउदी जान ठिक्क पर्नुभएको थियो ।

  • को हुन् डीना वाङ्देल ?

    काठमाडौं, साउन ११ – कलाशास्त्री उपप्राध्यापक डीना वाङ्देलको मंगलबार निधन भएको छ । अमेरिकाको भर्जिनियामा रहेको एक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

  • दाङ : जंगलबाट पाँचवटा एक नाले भरुवा बरामद

    दाङ, साउन ११ – प्रहरीले दाङको राजपुरको जंगलबाट पाँचवटा एक नाले भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी चङ्गुवा दाङबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खड्काको कमाण्डमा गस्ती गएको प्रहरी टोलीले राजपुर गाउँपालिका–७ को भित्री सिक्टा जाने बाटोको जंगलबाट बन्दुक बरामद गरेको हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया