MENU

राजनीति

Ncell Axiata

कर फर्छ्यौटबारे महतको टिप्पणी – ‘कालोले अरुलाई पनि कालो नै देख्छ’

काठमाडौं, साउन २ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फर्छ्यौट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको टिप्पणी गर्नुभएको छ ।  

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले भन्नुभयो ‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ, यो जत्तिको हाँस्यस्पद अरु के हुन्छ ? आफ्नो भाषाअनुसार अरुलाई जज गर्नु हुँदैन ।’

महतले आफू त्यस्तो प्रकृतिको मान्छे नभएको समेत स्पष्टोक्ति दिनुभयो । उहाँले भन्नुभयो ‘मलाई लगाइएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भएपनि फेस गर्न तयार छु ।’

उहाँले यो विषय अदालतमा पुगिसकेकोले आफूले त्यसबारेमा कुनै प्रतिक्रिया या टिप्प्णी नगर्ने बताउनुभयो । यद्दपी उहाँले कर फर्छ्यौट आयोग गठन, भ्याट कानूनअन्तर्गत नयाँ आधारमा ऐन, पूँजी लाभकर ऐन, उदार अर्थतन्त्रलगायतका महत्वपूर्ण कामहरु आफू अर्थमन्त्री हुँदा भएको दाबी गर्नुभयो । 

‘१२ अर्ब रुपैयाँ राजश्व उठ्ने मुलुकमा हामीले अर्थात म अर्थमन्त्री र कांग्रेसको सरकार हुँदा अहिले ७ सय अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए सम्भव हुन्थ्यो र ?’ महतले भन्नुभयो ‘त्यतिकै मिथ्यामा आरोप लगाएर हुन्छ ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मतपेटिकामा मुसा त पसेन ?

    २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाउँदा भरतपुर महानगरका वडावासी जति हर्षित भएका छन्, निर्वाचित जनप्रतिनिधीले जिम्वेवारी नपाउँदा त्योभन्दा बढि दुःखी छन् । चितवनका ५ वटा नगरपालिका र एक गाउ पालिकाका तहका निर्वाचित प्रतिनिधीले काम सुरु गरिसकेको दुई महिना पुग्न लागि सकेको छ ।

  • राष्ट्रपति कार्यालयमा निजी सञ्चार माध्यममाथि भेदभाव भएको भन्दै महासंघको ध्यानाकर्षण

    काठमाडौं, साउन ११ – केही समयदेखि राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

  • विकेकशील र साझा एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने

    काठमाडौं, साउन ११ – विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राख्ने सहमति भएको छ । विवेकशील नेपाली दल र साझा पार्टीबिच चुनाव चिन्ह तराजु राख्ने सहमति भएको दुवै पार्टीले जनाएका छन् ।

  • माओवादीबाट को को हुँदै छन् मन्त्री ?

    काठमाडौं, साउन ११ – माओवादी केन्द्रले सरकारमा जाने पाँच जनाको नाम टुंगो लगएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेका बेला माओवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेको नाम टुंगो लगाएको हो ।

  • आज मन्त्रिमण्डल विस्तारको तयारी, कुन पार्टीबाट कसको चर्चा ?

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया