MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

वनको उत्पादन बढाउन वैज्ञानिक वन व्यवस्थापन सुरु

हेमराज शर्मा/उज्यालो । 

दाङ, साउन २ – वन पैदावार उत्पादनको दृष्टिकोणले दाङ देशकै राम्रो जिल्लाभित्र पर्छ । दाङको ६६ प्रतिशत भू—भाग वनले ढाकेको छ । २ लाख ९५ हजार  ५ सय हेक्टर क्षेत्रफल रहेको दाङमा २ लाख ७ सय हेक्टर क्षेत्रफल वनले ढाकेको छ । जसमध्ये १ लाख ६ हजार दुईसय ४० क्षेत्रफल वनको सामुदायले व्यवस्थापन गरेका छन् । दाङमा ५ सय २४ वटा सामुदायिक वन समूहहरु दर्ता भई सञ्चालनमा आएका छन् । झण्डै ९७ हजार हेक्टर वन राष्ट्रिय वनका रुपमा रहेको छ । 

वौज्ञानिक वन व्यवस्थापनबाट वन पैदावारको सहज आपूर्तिसँगै वनको हैसियत राम्रो हुने जिल्ला वन कार्यालयको विश्वास छ ।  वैज्ञानिक वन व्यवस्थापनको कामसँगै जिल्लामा वनका क्षेत्रमा हुने नयाँ कामको नमुना अध्ययन केन्द्रका रुपमा राष्ट्रिय र सामुदायिक वनलाई विकास गर्न थालिएको छ । जिल्ला वन कार्यालय दाङले जिल्लाको राष्ट्रिय र सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम थालेको छ । जिल्लामा रहेको ९७ हजार हेक्टर राष्ट्रिय वन क्षेत्र मध्ये ५ सय ४५ हेक्टर वन क्षेत्रमा पहिलो चरणमा वैज्ञानिक वन व्यवस्थापनको काम सुरु गरिएको जिल्ला वन कार्यालय दाङले जनाएको छ । 

दाङको बबई गाउँपालिका–२ कालापानीको राष्ट्रिय वनमा जिल्लामै पहिलो पटक वन व्यवस्थापन गर्न सुरु गरिएको जिल्ला वन अधिकृत हरि गौतमले बताउनुभयो । उहाँले रुखमा पुस्तान्तरण गर्न र वन पैदावारको व्यवस्थापन गर्ने गरी राष्ट्रिय नीति अनुसार जिल्लाका राष्ट्रिय वनमा वैज्ञानिक वन व्यस्थापन सुरु गरिएको बताउनुभयो ।  कालापानी वन क्षेत्रमा गत वर्षदेखि यो काम सुरु गरिएको र यस वर्ष साढे ३ हेक्टर वन क्षेत्रमा वन व्यवस्थापन गरिएको छ । त्यसबाट १३ हजार ४ सय ५९ क्यूफिट काठ र १८ चट्टा दाउरा निक्लिएको  छ । त्यसको व्यवस्थापनको लागि १६ लाख रुपैयाँ जिल्ला वनले खर्च गरेको अधिकृत गौतमले बताउनुभयो ।

गत वर्ष पनि त्यस क्षेत्रमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । ५ सय ४५ हेक्टर राष्ट्रिय वन रहेको कालापानी क्षेत्रमा दुई वर्षमा ८ हेक्टर क्षेत्रलाई वैज्ञानिक व्यवस्थापन गरिएको छ । जसबाट यो क्षेत्रबाट वन पैदावार त संकलन भएको छ नै त्यस स्थानमा बिरुवाको पुनःउत्पादन पनि सुरु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया