MENU

समाज

Ncell Axiata
chhaka panja

सडक भास्सिएपछि बजार जोखिममा

धादिङ, साउन २ – धादिङबेसी सिरानबजारमा सडक भासिँदा केही घरहरु समेत जोखिममा परेका छन् । सिरानबजार र सरकारी परिसर जोड्ने साँघुरो क्षेत्रमा सडक भास्सिएपछि केही घरहरुमा समेत चिरा परेको छ । आइतबार राति परेको वर्षाले सिरानबजार र सरकारी परिसर जोड्ने डेरी चौतारो क्षेत्रमा सडक भास्सिएपछि बजारबासी त्रसिद भएका हुन् ।  सिरानबजारको यस क्षेत्रमा सडक भासिएको छ भने एकातर्फ पहिरो गएकाले सवारी आवागमनमा समेत बाधा पुगेको डेरी सञ्चालक रामप्रसाद रिजालले बताउनुभयो । 

सडक चिरा चिरा परि  धाँजा फाटेको र त्यहीबाट पानी पसेर सडकहरु भास्सिदै गएका कारण मुख्य बजार क्षेत्रका १० भन्दा बढी घर जोखिममा परेका छन् । वर्षाका करण ठाँउ ठाँउमा पहिरो गएपछी धादिङको सदरमुकाम क्षेत्रमा खानेपानी समेत बन्द भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया