MENU

अर्थ

Ncell Axiata
chhaka panja

चिट्ठा प्रणालीबाट शेयर बाँडफाँड गरेको भन्दै प्रजिअलाई ज्ञापनपत्र

रसुवा, साउन २ – रसुवाको मैलुङ खोला जलविद्युत कम्पनीले चिट्ठा प्रणालीमाफर्त शेयर बाँडफाँड गरेको विरोधमा रसुवाबासीले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका छन् । 

जिल्लाबासीका लागि सुनिश्चत गरिएको १० प्रतिशत शेयर बाँडफाँडमा अनियमितता भएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । कम्पनीले गरेको निर्णय तत्त्काल नसच्चाए आन्दोलन गर्ने रसुवाबासीले चेतावनी दिएका छन् ।  

कम्पनीले अति प्रभावित क्षेत्र र जिल्लाबासीका लागि लागि ३ लाख ६८ हजार १ सय ४४ कित्ता प्राथामिक शेयर जारी गरेको थियो । 

आयोजनाले कुल शेयरको १० प्रतिशत रसुवाका बासिन्दालाई छुट्याउनु पर्ने भएकाले शेयरको लागि आवेदन माग गरेको थियो । गएको जेठ १७ गतेबाट जेठ ३१ गतेसम्म आवेदन माग गरिएकोमा रसुवाका ९५ प्रतिशतले शेयर भरेका थिए । 

कम्पनीले चिट्ठा प्रणाली भन्दै २२ हजार ९ सय ३२ जनालाई मात्र शेयर वितरण गरेको छ । एक हजार कित्ता भर्नेलाई तीन सय ३३ कित्ता, दुई सय कित्ता भर्नेलाई ६७ , सय कित्ता भर्नेलाई ३२ कित्ता र न्युनतम ५० कित्ता भर्नेलाई १० कित्ता परेको छ । तर शेयर भरेकामध्ये अधिकांशलाई शेयर परेको छैन । 

नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा लामाकाअनुसार रकम भरेकै आधारमा शेयरको बाँडफाँड गरेर प्राकृतिक स्रोत माथि जनताको समान उपभोग गर्न पाउने अधिकार माथि आक्रमण आरोप लगाउनुभयो

रसुवा बासिन्दाका लागि ५० कित्तादेखि १ हजार ८ सय ४० कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया