समाज
चुडामणि शर्मालाई थुनामुक्त गर्न परेको मुद्दा हेर्दा हेर्दैमा
- Monday, Jul 17, 2017
- 17:35 PM ( 9 months ago )
- Total Views: 232
काठमाडौं, साउन २ – भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दा हेर्दैमा रोकिएको छ ।
न्यायाधीशहरु चोलेन्द्र शमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासमा परेको रिटको सुनुवाई सोमबार पनि नसकिएपछि यसलाई हेर्दा हेर्दैमा राखिएको हो ।
यो मुद्दामा मंगलबार पनि सुनुवाई हुनेछ । यसअघि गत शुक्रबार र आइतबार पनि यो मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । आफ्ना पतिलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
कर फछ्र्योट आयोगमा रहँदा शर्मासहित अध्यक्ष लुम्बध्वज महत र उमेश ढकालले झण्डै ११ अर्ब २ करोड रुपैयाँ राज्यलाई घाटा पुर्याएको दावी सहित अख्तियारले तीन जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो । शर्मा पक्राउ परे पनि महत र ढकाल भने फरार छन् ।
सम्बन्धित सामग्रीहरु
-
तेह्रथुममा पनि खुल्यो समता स्कुल
तेह्रथुम, वैशाख ७ – मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट विद्यार्थीलाई पढाउने उद्देश्यले तेह्रथुममा पनि समता विद्यालय खुलेको छ ।
-
सुतिरहेकाे अवस्थामा चितुवाको आक्रमण, एक वृद्धा गम्भीर घाइते
डोटी, वैशाख ७ – चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक वृद्धा गम्भीर घाइते हुनुभएको छ ।
-
मिक्लाजुङमा हावाबाट बिजुली उत्पादनको काम सुरु
पाँचथर, वैशाख ७ – पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्न काम सुरु गरिएको छ ।
-
वेश्यावृत्ति र पार्कमा शारीरिक सम्बन्ध राख्न खोज्ने सहित १८५ जना नेपाली युएईको जेलमा
युएईमा सबैभन्दा धेरै नेपाली बस्ने शहर दुवईमा रहेको सेन्ट्रल जेल अल अविरमा सबै भन्दा धेरै ६६ जना नेपाली छन् । तीमध्ये पाँच जना महिला छन् । आबुधावीमा रहेको अल आत्वा जेलमा एक महिला सहित ६४ जना छन् । त्यस्तै अलऐनको मनाशिर जेलमा एक महिला सहित १५ जना नेपाली छन ।
-
१३ घण्टासम्म विमानस्थलमा अलपत्र यात्रु (फोटो फिचर)
काठमाडौं, वैशाख ७ – देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टासम्म अवरुद्ध भयो ।
-
१८ औं एशियाली खेलकुदका लागि नेपाली प्याराग्लाइडिङ टोली छनोट
काठमाडौं, वैशाख ७ – आउँदो अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेशियामा हुने १८औं एशियाली खेलकुदका लागि प्याराग्लाइडिङ टोली छनोट गरिएको छ ।
- उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना
- गाउँपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश
- स्थापनाकै दिन फुट्यो राजपा नेपाल
- दुर्लभ पाटेबाघ मर्याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
- टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका पादुकोण
- राष्ट्र बैंकको सीमा निर्धारण : प्रविधिको जमानामा परम्परागत काम
- तेह्रथुममा पनि खुल्यो समता स्कुल
- वेंगरले आउँदो सिजनमा आर्सनल छाड्ने
- पाकिस्तानका अभिनेता जफरविरुद्ध यौन दुर्व्यवहार आरोप
प्रतिक्रिया दिनुहोस