MENU

राजनीति

Ncell Axiata

एमालेलाई फाप्यो गोलाप्रथा, पाँच मध्ये चार पदमा गोलाप्रथाबाट विजयी

बाँके, साउन २ – बाँकेको जानकी गाउँपालिकामा कार्यपालिकालाई पूर्णता दिनका लागि सोमबार भएको निर्वाचनमा अधिकांश पदमा गोलाप्रथाबाट विजयी भएका छन् ।   

६ पदमध्ये ५ पदको नतिजा गोलाप्रथाका आधारमा निकालिएको छ । दलित वा अल्पसंख्यकबाट नेकपा एमालेका राजकुमार धोवी १७ मत प्राप्त गरी कार्यपालिका सदस्यमा विजयी हुनुभएको निर्वाचन अधिकृत ऋषि केसीले जानकारी दिनुभयो ।

बाँकी ५ जना सदस्यहरुले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजयी घोषित गरिएको छ । गोलाप्रथाबाट नेकपा एमालेका चारजना विजयी भएका छन् । एकजना माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दलित वा अल्पसंख्यकबाट एमालेका टिकाराम सुनार गोलाप्रथाबाट विजयी घोषित हुनुभयो ।

यसैगरी  महिला सदस्यमा एमालेका बिमती सुनार, धर्मा थापा र जलबर्षा हरिजन तथा नेकपा माओवादी केन्द्रका रजनी शर्मा गोलाप्रथाबाट विजयी हुनुभएको हो ।

जानकी गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित ३२ सदस्यीय गाउँसभा रहेको छ ।  जसमा प्रमुख र उपप्रमुखसहित नेकपा एमालेका १६ जना सदस्य छन् भने नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका १६ जना सदस्य रहेका छन् ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा  दलित वा अल्पसंख्यकमा नेपाली कांग्रेसका देवेन्द्र पाल सिंह, माओवादी केन्द्रका देउमल सुनार र संघीय समाजवादी फोरमका कौशलकुमार धोवी विजयी हुनुभएको छ । 

महिलातर्फ राप्रपाका इन्दिरा कुमारी शाही र मञ्जु वादी, कांग्रेसका वशन्ता जोशी, माओवादी केन्द्रका सीमा कशौधन बैश्य र फोरम नेपालका नन्कै पठानी विजयी हुनुभएको छ । ११७ सदस्यीय नेपालगन्ज उपमहानगरपालिका सभामा २० सदस्य भएको नेकपा एमाले विरुद्ध कांग्रेस, राप्रपा, माओवादी केन्द्र र फोरम नेपालको गठबन्धन बनेको थियो ।

यसैगरी डुडुवा गाउँपालिकामा दलित तथा अल्पसंख्यकमा नेपाली कांग्रेसका ढोडे पासी र नन्कन्ना बढही विजयी हुनुभएको छ । महिला सदस्यमा नेपाली कांग्रेसका सुष्मा यादव र कमला शाही तथा नेकपा एमालेका कमला शाही र रिता परियार विजयी हुनुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मतपेटिकामा मुसा त पसेन ?

    २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाउँदा भरतपुर महानगरका वडावासी जति हर्षित भएका छन्, निर्वाचित जनप्रतिनिधीले जिम्वेवारी नपाउँदा त्योभन्दा बढि दुःखी छन् । चितवनका ५ वटा नगरपालिका र एक गाउ पालिकाका तहका निर्वाचित प्रतिनिधीले काम सुरु गरिसकेको दुई महिना पुग्न लागि सकेको छ ।

  • राष्ट्रपति कार्यालयमा निजी सञ्चार माध्यममाथि भेदभाव भएको भन्दै महासंघको ध्यानाकर्षण

    काठमाडौं, साउन ११ – केही समयदेखि राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

  • विकेकशील र साझा एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने

    काठमाडौं, साउन ११ – विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राख्ने सहमति भएको छ । विवेकशील नेपाली दल र साझा पार्टीबिच चुनाव चिन्ह तराजु राख्ने सहमति भएको दुवै पार्टीले जनाएका छन् ।

  • माओवादीबाट को को हुँदै छन् मन्त्री ?

    काठमाडौं, साउन ११ – माओवादी केन्द्रले सरकारमा जाने पाँच जनाको नाम टुंगो लगएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेका बेला माओवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेको नाम टुंगो लगाएको हो ।

  • आज मन्त्रिमण्डल विस्तारको तयारी, कुन पार्टीबाट कसको चर्चा ?

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया