MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

जैविक मार्गमा सिसी क्यामेराको निगरानी, गाडी रोके जरिवाना, लापरबाही गरे मुद्दा

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, साउन २ – चितवनको भरतपुर र रत्ननगर जोड्ने पूर्वपश्चिम राजमार्ग स्थित टिकौली जंगलको झण्डै ५ किलोमिटर बढी क्षेत्र जैविक मार्ग छ । भरतपुर र रत्ननगर जोड्ने टिकौली जंगल बिचमा पर्ने सडकमार्गमा सवारी साधनको निगरानी गर्न संयुक्त अपरेशन क्याम्प स्थापना गरिएको छ । संरक्षित वन्यजन्तुको आवतजावत हुने जैविक मार्गको सुरक्षाका लागि सिसी क्यामेराबाट निगरानी हुने र सवारी साधन रोकेमा कारबाही सुरु गरिएको छ । 

जंगलको बिचमा जथाभावी गाडी रोक्ने सवारी चालकलाई जरिवानासहितको कारबाही हुने बताउँदै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले वन वन्यजन्तुको सुरक्षा र सरसफाईलाई ख्याल राखेर यो अभियान चालिएको बताउनुभयो । 

निकुञ्ज, वन कार्यालय तथा स्थानीय प्रशासनसँगको समन्यवमा पोष्ट स्थापना गरिएको जानकारी दिँदै कँडेलले जथाभावी फोहर फाल्ने, गाडी रोक्नेलाई साउन १ गतेदेखि जरिवाना समेत लिने र आवश्यकता हेरी लापरबाही गर्नेलाई मुद्दा समेत चलाइने बताउनुभयो ।

नेपाली सेनासहित सशस्त्र वन रक्षकबाट यस क्षेत्रमा संयुक्त अपरेशन हुनेछ । जैविक मार्गमा अटेरी गरेर मोटरसाइकल रोक्नेलाई एकसय रुपैयाँ, साना गाडीलाई पाँचसय रुपैयाँ र ठूला गाडीलाई १ हजार रुपैयाँ जरिवाना गराइने छ । जैविक मार्गमा सिसी क्यामेराले समेत निगरानी गर्ने गरिएको जानकारी दिँदै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जिवी पोखरेलले अपरेशेन क्याम्पले जैविक मार्गको संरक्षणमा टेवा पुग्ने बताउनुभयो । अभियान सुरुहुनु भन्दा अगाडि संरक्षणका लागि एक मिनेट कार्यक्रम राखी सो मार्गमा चलेका सवारी चालकलाईहरु जानकारी गराइएको थियो ।

करिडोर क्षेत्र भएकाले पूर्वपश्चिम राजमार्गबाटै चित्तल, जरायो, मृग, बाघ, गैंडालगायत वन्यजन्तुहरु जंगल ओहोर दोहोर गर्छन् । गएको एक वर्षको तथ्यंकमा यो क्षेत्रमा वन्यजन्तु आक्रमणमा १३ घटना भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया