MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

जैविक मार्गमा सिसी क्यामेराको निगरानी, गाडी रोके जरिवाना, लापरबाही गरे मुद्दा

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, साउन २ – चितवनको भरतपुर र रत्ननगर जोड्ने पूर्वपश्चिम राजमार्ग स्थित टिकौली जंगलको झण्डै ५ किलोमिटर बढी क्षेत्र जैविक मार्ग छ । भरतपुर र रत्ननगर जोड्ने टिकौली जंगल बिचमा पर्ने सडकमार्गमा सवारी साधनको निगरानी गर्न संयुक्त अपरेशन क्याम्प स्थापना गरिएको छ । संरक्षित वन्यजन्तुको आवतजावत हुने जैविक मार्गको सुरक्षाका लागि सिसी क्यामेराबाट निगरानी हुने र सवारी साधन रोकेमा कारबाही सुरु गरिएको छ । 

जंगलको बिचमा जथाभावी गाडी रोक्ने सवारी चालकलाई जरिवानासहितको कारबाही हुने बताउँदै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले वन वन्यजन्तुको सुरक्षा र सरसफाईलाई ख्याल राखेर यो अभियान चालिएको बताउनुभयो । 

निकुञ्ज, वन कार्यालय तथा स्थानीय प्रशासनसँगको समन्यवमा पोष्ट स्थापना गरिएको जानकारी दिँदै कँडेलले जथाभावी फोहर फाल्ने, गाडी रोक्नेलाई साउन १ गतेदेखि जरिवाना समेत लिने र आवश्यकता हेरी लापरबाही गर्नेलाई मुद्दा समेत चलाइने बताउनुभयो ।

नेपाली सेनासहित सशस्त्र वन रक्षकबाट यस क्षेत्रमा संयुक्त अपरेशन हुनेछ । जैविक मार्गमा अटेरी गरेर मोटरसाइकल रोक्नेलाई एकसय रुपैयाँ, साना गाडीलाई पाँचसय रुपैयाँ र ठूला गाडीलाई १ हजार रुपैयाँ जरिवाना गराइने छ । जैविक मार्गमा सिसी क्यामेराले समेत निगरानी गर्ने गरिएको जानकारी दिँदै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जिवी पोखरेलले अपरेशेन क्याम्पले जैविक मार्गको संरक्षणमा टेवा पुग्ने बताउनुभयो । अभियान सुरुहुनु भन्दा अगाडि संरक्षणका लागि एक मिनेट कार्यक्रम राखी सो मार्गमा चलेका सवारी चालकलाईहरु जानकारी गराइएको थियो ।

करिडोर क्षेत्र भएकाले पूर्वपश्चिम राजमार्गबाटै चित्तल, जरायो, मृग, बाघ, गैंडालगायत वन्यजन्तुहरु जंगल ओहोर दोहोर गर्छन् । गएको एक वर्षको तथ्यंकमा यो क्षेत्रमा वन्यजन्तु आक्रमणमा १३ घटना भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • काठमाडौं उपत्यकाका खुला ठाउँमा आगो बाल्न नपाइने

    काठमाडौं, माघ ७ – उपत्यकासहितका शहरमा खुला रुपमा आगो बाल्न नपाइने भएको छ ।

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया