MENU

समाज

Ncell Axiata
chhaka panja

​सुकुम्बासी भूकम्प पीडितका लागि संयुक्त आवास

गोरखा, साउन २ – आफ्नो स्वामित्वमा जग्गा जमिन र घर नभएका गोरखाका भूकम्प पीडितका लागि संयुक्त आवासगृह बन्ने भएको छ । सुकुम्बासी भूकम्प पीडितहरुका लागि पालुङटार नगरपालिकाको च्याङलीमा संयुक्त आवासगृह बनाउन लागिएको हो । 

१३० परिवारलाई बसोबासको व्यवस्था गर्न ३ वटा छुट्टाछुट्टै भवन बनाइने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले जनाएको छ । दुई वटा भवनमा ४५/४५ परिवार र एउटामा ४० परिवार बस्न मिल्ने गरी भवन बनाइने डिभिजन प्रमुख रोशन श्रेष्ठले बताउनुभयो ।

एउटा परिवारका लागि दुईवटा कोठा, भान्छा घर र शौचालयसहितको आवास उपलब्ध गराइने छ । हरेक परिवारका लागि छुट्टाछुट्टै वरण्डा पनि रहने छ । ५/५ तल्लाका ३ वटा भवन निर्माणका लागि ठेक्का सम्झौता भैसकेको श्रेष्ठको भनाई छ । १५ करोड ५० लाख ९८ हजार रुपैयाँको लागतमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवासँग सम्झौता भैसकेको उहाँको भनाई छ । 

भवन निर्माणका लागि १२ रोपनी जग्गा पालुङटार नगरपालिकाले उपलब्ध गराएको हो । तर संयुक्त आवासगृहमा कस्ता व्यक्तिलाई राख्ने भन्नेबारे कार्यविधि बन्न बाँकी रहेको छ । आफ्नो स्वामित्वमा कतै पनि जग्गाजमिन र घर नभएका भूकम्पप्रभावितको संख्या जिल्लामा कति छ भन्ने पनि यकिन भैसकेको छैन ।

जिल्लामा ६० हजार भन्दा बढी भूकम्प पीडित लाभग्राहीको संख्या छ । त्यसमध्ये ५४ हजार ५ सय ३ ले अनुदान सम्झौता गरेको छन् । लाभग्राहीको सूचिमा परेर पनि आवश्यक कागजपत्र जुटाउन नसकेका भूकम्प पीडितमध्ये धेरैजसोको आफ्नो नाममा जग्गा नभएको हुन सक्ने पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख राजेन्द्र कार्कीको भनाई छ । अनुदान सम्झौता गर्नका लागि जग्गाधनी प्रमाण पूर्जा अनिवार्य गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ७७ वर्षकी महिलाको विभत्स हत्या

    अर्घाखाँची असोज ५ – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक बृद्ध महिलाको विभत्स हत्या भएको छ ।

  • आजदेखि दसैँ सुरु, टिकाको साइत ११ः५५ मा

    काठमाडौं, असोज ५ – बिहीबारदेखि बडादसैँ सुरु भएको छ । घरघरमा शक्तिकी अधिष्ठात्री देवी मानिने दुर्गाको आह्वान गरी घटस्थापना गरिँदैछ ।

  • धादिङमा ट्रक दुर्घटना, चालकको मृत्यु

    धादिङ, असोज ५ – धादिङमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । धादिङबेसीबाट नलाङका लागि छुटेको बा ३ ख ४४८९ नम्बरको ट्रक बुधबार राति सिदलेक गाउँपालिका–१ डुँम्रे खोला नजिकैसडकबाट झण्डै २० मिटर तल खस्दा ज्यान गुमाएका चालकको परिचय खुल्न सकेको छैन ।

  • बलात्कार आरोपमा एक पक्राउ

    रुपन्देही, असोज ५ – रुपन्देहीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

  • मोरङमा एकै परिवारका चारजनाको सुतैकै ठाउँमा जलेर मृत्यु

    सुमन तिमल्सिना/उज्यालो । विराटनगर, असोज ५ – मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरमा भएको आगलागी हुँदा चारजनाको जलेर ज्यान गएको छ । बुधबार राति घरमा सुतिरहेका बेला आगलागी हुँदा घरका सबै चारजनाकै ज्यान गएको प्रहरीले जनाएको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया