MENU

समाज

Ncell Axiata
chhaka panja

मिटर ब्याजमा संलग्नहरु धमाधम पक्राउ पर्दै, तीन महिला विरुद्ध बैंकिङ कसुरको मुद्दा

नवराज पनेरु/उज्यालो । 

कैलाली, साउन २ – कैलालीमा मिटर ब्याजको धन्दामा लागेकाहरु धमाधम पक्राउ पर्न थालेका छन । केही महिना अघि मिटर ब्याजको आरोपमा पक्राउ परेका लक्ष्मी देवकोटा ६८ लाख रुपैयाँ धरौटीमा छुटे लगत्तै कैलालीमा थप तीन महिला पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ बुद्धचोककी कविता चौधरी र मञ्जु बम तथा धनगढी उपमहानगरपालका–२ की निलम पनेरु पक्राउ परेका हुन ।

कविता चौधरीले रेखा अधिकारीलाई दिएको बैंक अफ काठमाडौंको १४ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनी पक्राउ परेकी हुन् । रेखा अधिकारीको नाममा गएको जेठ २४ गते काटिएको चेक बाउन्स भएपनि अधिकारीले हालेको उजुरीका आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरी विरुद्ध बैकिङ कसुर ऐन अनुसार मुद्दा दर्ता गर्दै उच्च अदालत बाँकेको बाणिज्य इजलासबाट १० दिनको म्याद थपिएको छ ।

यस्तै धनगढी–८ बुद्धचोककै मञ्जु बम पनि कल्पना जोशीको उजुरीका आधारमा पक्राउ परेकी छन् । बमले बैशाख २५ गते दिएको एनआइसी एशिया बैंकको ६ लाख २९ हजार रुपैयाँको चेक नसाटिएपछि कल्पनाले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेकी हुन् । असार २७ गते नै प्रहरीले मञ्जु माथि बैंकिङ कसुर गरेको अभियोगमा मुद्दा चलाएर १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले विभिन्न ६ जनाको उजुरीका आधारका धनगढी उपमहानगरपालिका–२ की निलम पनेरुलाई पनि पक्राउ गरेर बैकिङ कसुरमा मुद्धा दर्ता गरेको छ । दिपाकुमारी चन्द, गोपाल खरेल, कपिल विष्ट, दिपमाला रोकाया, गीता कुमारी खरेल, रिता न्यौपाने र सगुन घिमिरेलाई दिएका ८१ लाख ७५ हजार रुपैयाँका चेकहरु बाउन्स भएपछि पनेरुलाई पक्राउ गरिएको हो । 

पनेरुले दिएका विभिन्न वैंकका चेकहरु बाउन्स भएपछि, उनीहरुले प्रहरीमा उजुरी दिएका थिए । पनेरु बिरुद्ध उच्च अदालत बाँकेको वाणिज्य इजलासबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिनुभयो । 

केही दिनदेखि मिटर ब्याजकै कारण फरार धनगढी चौराहाकी मनिशा खत्रीलाई सोमबार चौराहा नजिक कुटपिट गरिएको छ । उनले मिटर ब्याजमा ठगी गरेपछि पीडितले आक्रोशमा आएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटपछि खत्री जिल्ला प्रहरी कार्यालयमा आफ्नो ज्यान सुरक्षाका लागि आएको प्रहरीले जनाएको छ । केही दिन अगाडि पनि मिटर ब्याजको विषयलाई लिएर सीता केसी र कल्पना गैरे बिच कुटाकुट हुँदा गैरे घाइते भएकी थिइन् । केसी फरार छिन् । उनलाई पनि प्रहरीले खोजी गरिरहेको छ । 

मिटर ब्याजका कारण धनगढीका उच्च घरानाका व्यक्तिहरु अहिले नराम्ररी डुबेका छन् । प्रहरीको संरक्षणमै मिटर ब्याज मौलाइरहेको भन्दै आलोचना हुदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ७७ वर्षकी महिलाको विभत्स हत्या

    अर्घाखाँची असोज ५ – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक बृद्ध महिलाको विभत्स हत्या भएको छ ।

  • आजदेखि दसैँ सुरु, टिकाको साइत ११ः५५ मा

    काठमाडौं, असोज ५ – बिहीबारदेखि बडादसैँ सुरु भएको छ । घरघरमा शक्तिकी अधिष्ठात्री देवी मानिने दुर्गाको आह्वान गरी घटस्थापना गरिँदैछ ।

  • धादिङमा ट्रक दुर्घटना, चालकको मृत्यु

    धादिङ, असोज ५ – धादिङमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । धादिङबेसीबाट नलाङका लागि छुटेको बा ३ ख ४४८९ नम्बरको ट्रक बुधबार राति सिदलेक गाउँपालिका–१ डुँम्रे खोला नजिकैसडकबाट झण्डै २० मिटर तल खस्दा ज्यान गुमाएका चालकको परिचय खुल्न सकेको छैन ।

  • बलात्कार आरोपमा एक पक्राउ

    रुपन्देही, असोज ५ – रुपन्देहीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

  • मोरङमा एकै परिवारका चारजनाको सुतैकै ठाउँमा जलेर मृत्यु

    सुमन तिमल्सिना/उज्यालो । विराटनगर, असोज ५ – मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरमा भएको आगलागी हुँदा चारजनाको जलेर ज्यान गएको छ । बुधबार राति घरमा सुतिरहेका बेला आगलागी हुँदा घरका सबै चारजनाकै ज्यान गएको प्रहरीले जनाएको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया