MENU

समाज

Ncell Axiata
sagun

यसरी मनाइयो दाङमा मुक्त कमैया दिवस

दाङ, साउन २ – कमैयाबाट मुक्त भएपछि जन्मिएर बालिग भैसकेका दाङका युवायुवती आफ्ना अभिभावकको पुर्नस्थापनाको माग गर्न सडकमा उत्रिएका छन् । १८ औं मुक्त कमैया दिवस मनाउनु अघि घोराहीमा भएको ¥यालीमा वृद्ध भैसकेका आफ्ना अभिभावकलार्ई साथ दिँदै उनीहरुका छोरा छोरीहरुले पनि पूर्नस्थापनाको माग गर्दै नाराबाजी गरे । उनीहरुले मुक्त घोषणा गर्दा सरकारले गरेका प्रतिबद्धता १७ वर्ष बितिसकदा पनि पूरा नभएको गुनासो गरे । २०५७ साल साउन दुई गते तत्कालीन सरकारले कमैयाहरु मुक्त भएको घोषणा गर्दा उनीहरुको पुर्नस्थापनाका लागिे ५ कट्ठा जग्गा र ३५ क्यूफिट काठ उपलब्ध गराउने घोषणा गरेको थियो । घोषणा अनुसार अहिले पनि २ सय २१ जनाले काठ नपाएका कारण घर बनाउन नसकेको मुक्त कमैयाको गुनासो छ । 

१७ जना मुक्त कमैयाले लालपूर्जा पाए पनि अहिलेसम्म आफ्नो जग्गा भेटाउन नसकेको तथा ८१ जनाले पाएको लालपूर्जा अनुसार उनीहरुको जग्गा कि त खोलाको किनार  कि त खोलाको बगर भैसकेको मुक्त कमैया समाज दाङका अध्यक्ष हरि चन्द्र चौधरीले बताउनुभयो ।जिल्लामा अझै पनि ५ हजार मुक्त कमैया सरकारी लागतबाट छुटेको भन्दै उनीहरुले पूनः लागत लिन माग गर्दै आएका छन् । सोमबार मुक्ती दिवस मनाउन जिल्ला भरबाट घोराहीमा भेला भएका मुक्त कमैयाहरुले पूनः लागत लिन माग गर्दै प्रदर्शन गरे । र्‍यालीमा जिल्लाका विभिन्न गाउँपालिकाका मुक्त कमैयाहरु सहभागी भएका थिए 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया