MENU

समाज

Ncell Axiata

ढलमा बगेर बाँच्न सफल भएकी सत्याले मेयरलाई भनिन् ‘मोनोरेल भन्दा पहिला सडकका खाल्डा पुरिदिनोस्’

काठमाडौं, साउन २ – ढलमा बगेर बाँच्न सफल भएकी सत्या सापकोटाले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई मोनोरेल भन्दा पहिला सडकका खाल्डा पुर्न आग्रह गरेकी छिन् । तपाई महानगरबाट के अपेक्षा गर्नुहुन्छ रु महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले एकै स्वरमा ढलमा बगेर बाँच्न सफल भएकी सत्या सापकोटालाई प्रश्न सोधेका थिए । जवाफमा सत्याले भनिन् ‘मोनोरेल बनाउनु अघि सडकका खाल्डाखुल्डी पुरिदिनोस् ।’ 

गएको शुक्रबार महानगरको वडा नं। ३ सामाखुशीबाट पानी जमेको सडकमा जमिन र खाल्डो छुट्याउन नसकी बगेकी सत्यालाई भेट्न उनकै निवास पुग्नुभएका मेयर, उपमेयर, कार्यकारी अधिकृत, वडा अध्यक्षसहितको टोलीसँग सत्याले यस्तो माग राखेकी हुन् । उनले भनिन् ‘फेरि कसैले पानीमा बग्नु नपरोस् ।’उनको माग सुनेर उपस्थित सबैलाई स्तव्ध बनाएको थियो । सत्याको घरमा निर्वाचित मेयर र उपमेयरसँगै देखेपछि स्थानीयले मौकाको उपयोग गर्दै माग राखे — विकासका कार्यमा समन्वय गरेर नागरिकलाई सहज जीवनयापनको व्यवस्था मिलाइदिनोस् ।

महानगरले एउटा वडाको मात्र भन्दा पनि समग्र चक्रपथको व्यवस्थापनसँगै अन्य निकायसँग समन्वय गरिदिनु पर्छ । सामाखुशीमा डुवान हुनुमा महाराजगञ्ज, बसुन्धरादेखिको पानी बगेर चोक आउनु र निकास नहुनु हो । स्थानीयको विषयलाई मेयर विद्यासुन्दरले स्पष्ट पार्नुभयो । पीडित परिवारहरुसँगको स्थलगत भेटका क्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सत्या सापकोटाको दुःखमा सहयोग गर्न महानगरपालिकाले एक लाख रुपैयाँ बराबरको जीवन बीमा गरिदिने बताउनुभयो । नागरिकको दुःखमा महानगर साथमा छ । अनपेक्षित घटनाबाट हामी दुःखी छौं — मेयर शाक्यको भनाइ थियो ।

‘राजधानी सहरमा पानीको भेलसँगै नागरिक बग्ने अवस्था दुःखद् हो, यसको समाधान महानगरको प्राथमिकतामा छ’ उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाइ थियो । छलफलका क्रममा महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले स्थलगत अवस्था बुझेर तत्काल सुधारका काम गर्न इञ्जिनियर खटाइ सकिएको र काम तत्काल सक्न वडामा रकम पठाइदिने बताउनुभएको थियो ।सत्यासँगको भेटपछि मेयर, उपमेयरसहितको टोली तारकेश्वर नगरक्षेत्रमा पुगेको थियो । जहाँबाट विनिता फुयाँल बगेकी थिइन् । त्यहाँ पुगेर मृतकका मातापितालाई भेटेर महानगरपालिकाकोतर्फबाट २५ हजार रुपैयाँ र तारकेश्वर नगरपालिकाकोतर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एउटा चितुवा मृत भेटियो, करेन्ट लागेको अनुमान

    बर्दिया, साउन ११ – बर्दियाको गुलरिया नगरपालिका-५ सुहेलवामा रहेको राधाकृष्ण थारु महिला सामुदायिक वनमा एउटा पोथी चितुवा मृत अवस्थामा भेटिएको छ ।

  • भारतीय गुप्तचर संस्था ‘रअ’ को एजेन्ट हुँ भन्दै ठगी गर्ने ४ जना पक्राउ

    चितवन, साउन ११ – भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रतिनिधि भन्दै उद्योगी व्यवसायीसँग ठूलो रकम माग गर्ने गिरोहका मुख्य अभियुक्तसहित चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

  • एजेण्टले नठगेको भए मैले यत्तिको प्रगति कहाँ गर्थें

    सर्लाही, साउन ११ – एजेण्टले धोका नदिएको भए सर्लाहीको लालबन्दी नगरपालिका–७ का विनोद साह सायद अहिले साउदी अरबमै हुनुहुन्थ्यो । किनकी उहाँ महिनाको ७० हजार रुपैयाँ कमाउने आश्वासनमा साउदी जान ठिक्क पर्नुभएको थियो ।

  • को हुन् डीना वाङ्देल ?

    काठमाडौं, साउन ११ – कलाशास्त्री उपप्राध्यापक डीना वाङ्देलको मंगलबार निधन भएको छ । अमेरिकाको भर्जिनियामा रहेको एक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

  • दाङ : जंगलबाट पाँचवटा एक नाले भरुवा बरामद

    दाङ, साउन ११ – प्रहरीले दाङको राजपुरको जंगलबाट पाँचवटा एक नाले भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी चङ्गुवा दाङबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खड्काको कमाण्डमा गस्ती गएको प्रहरी टोलीले राजपुर गाउँपालिका–७ को भित्री सिक्टा जाने बाटोको जंगलबाट बन्दुक बरामद गरेको हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया