MENU

समाज

Ncell Axiata
chhaka panja

ढलमा बगेर बाँच्न सफल भएकी सत्याले मेयरलाई भनिन् ‘मोनोरेल भन्दा पहिला सडकका खाल्डा पुरिदिनोस्’

काठमाडौं, साउन २ – ढलमा बगेर बाँच्न सफल भएकी सत्या सापकोटाले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई मोनोरेल भन्दा पहिला सडकका खाल्डा पुर्न आग्रह गरेकी छिन् । तपाई महानगरबाट के अपेक्षा गर्नुहुन्छ रु महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले एकै स्वरमा ढलमा बगेर बाँच्न सफल भएकी सत्या सापकोटालाई प्रश्न सोधेका थिए । जवाफमा सत्याले भनिन् ‘मोनोरेल बनाउनु अघि सडकका खाल्डाखुल्डी पुरिदिनोस् ।’ 

गएको शुक्रबार महानगरको वडा नं। ३ सामाखुशीबाट पानी जमेको सडकमा जमिन र खाल्डो छुट्याउन नसकी बगेकी सत्यालाई भेट्न उनकै निवास पुग्नुभएका मेयर, उपमेयर, कार्यकारी अधिकृत, वडा अध्यक्षसहितको टोलीसँग सत्याले यस्तो माग राखेकी हुन् । उनले भनिन् ‘फेरि कसैले पानीमा बग्नु नपरोस् ।’उनको माग सुनेर उपस्थित सबैलाई स्तव्ध बनाएको थियो । सत्याको घरमा निर्वाचित मेयर र उपमेयरसँगै देखेपछि स्थानीयले मौकाको उपयोग गर्दै माग राखे — विकासका कार्यमा समन्वय गरेर नागरिकलाई सहज जीवनयापनको व्यवस्था मिलाइदिनोस् ।

महानगरले एउटा वडाको मात्र भन्दा पनि समग्र चक्रपथको व्यवस्थापनसँगै अन्य निकायसँग समन्वय गरिदिनु पर्छ । सामाखुशीमा डुवान हुनुमा महाराजगञ्ज, बसुन्धरादेखिको पानी बगेर चोक आउनु र निकास नहुनु हो । स्थानीयको विषयलाई मेयर विद्यासुन्दरले स्पष्ट पार्नुभयो । पीडित परिवारहरुसँगको स्थलगत भेटका क्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सत्या सापकोटाको दुःखमा सहयोग गर्न महानगरपालिकाले एक लाख रुपैयाँ बराबरको जीवन बीमा गरिदिने बताउनुभयो । नागरिकको दुःखमा महानगर साथमा छ । अनपेक्षित घटनाबाट हामी दुःखी छौं — मेयर शाक्यको भनाइ थियो ।

‘राजधानी सहरमा पानीको भेलसँगै नागरिक बग्ने अवस्था दुःखद् हो, यसको समाधान महानगरको प्राथमिकतामा छ’ उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाइ थियो । छलफलका क्रममा महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले स्थलगत अवस्था बुझेर तत्काल सुधारका काम गर्न इञ्जिनियर खटाइ सकिएको र काम तत्काल सक्न वडामा रकम पठाइदिने बताउनुभएको थियो ।सत्यासँगको भेटपछि मेयर, उपमेयरसहितको टोली तारकेश्वर नगरक्षेत्रमा पुगेको थियो । जहाँबाट विनिता फुयाँल बगेकी थिइन् । त्यहाँ पुगेर मृतकका मातापितालाई भेटेर महानगरपालिकाकोतर्फबाट २५ हजार रुपैयाँ र तारकेश्वर नगरपालिकाकोतर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ७७ वर्षकी महिलाको विभत्स हत्या

    अर्घाखाँची असोज ५ – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक बृद्ध महिलाको विभत्स हत्या भएको छ ।

  • आजदेखि दसैँ सुरु, टिकाको साइत ११ः५५ मा

    काठमाडौं, असोज ५ – बिहीबारदेखि बडादसैँ सुरु भएको छ । घरघरमा शक्तिकी अधिष्ठात्री देवी मानिने दुर्गाको आह्वान गरी घटस्थापना गरिँदैछ ।

  • धादिङमा ट्रक दुर्घटना, चालकको मृत्यु

    धादिङ, असोज ५ – धादिङमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । धादिङबेसीबाट नलाङका लागि छुटेको बा ३ ख ४४८९ नम्बरको ट्रक बुधबार राति सिदलेक गाउँपालिका–१ डुँम्रे खोला नजिकैसडकबाट झण्डै २० मिटर तल खस्दा ज्यान गुमाएका चालकको परिचय खुल्न सकेको छैन ।

  • बलात्कार आरोपमा एक पक्राउ

    रुपन्देही, असोज ५ – रुपन्देहीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

  • मोरङमा एकै परिवारका चारजनाको सुतैकै ठाउँमा जलेर मृत्यु

    सुमन तिमल्सिना/उज्यालो । विराटनगर, असोज ५ – मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरमा भएको आगलागी हुँदा चारजनाको जलेर ज्यान गएको छ । बुधबार राति घरमा सुतिरहेका बेला आगलागी हुँदा घरका सबै चारजनाकै ज्यान गएको प्रहरीले जनाएको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया