MENU

राजनीति

Ncell Axiata
chhaka panja

माओवादीले सुरु गर्‍यो हारको समीक्षा

काठमाडौं, साउन २ – नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावको समीक्षा सुरु गरेको छ । सोमबारदेखि सुरु भएको माओवादी केन्द्रको सचिवालय बैठकले चुनावमा पार्टीको हारबारे समीक्षा थालेको हो । सोमबार प्रदेश इन्चार्जहरुले आफ्नो क्षेत्रमा भएको चुनावको परिणामबारे रिपोटिङ गरेका माओवादीले जनाएको छ ।

रिपोर्ट प्रस्तुत गर्दै नेताहरुले चुनावमा अपेक्षित परिणाम आउन नसक्नुको मुख्य कारण पार्टीको संगठन चुस्त नहुनु बताएका छन् । स्थानीय चुनावमा अनुभवको कमि, पूर्वतयारीको अभाव, पार्टी एकताको भाव तल्ला तहसम्म पु¥याउन नसक्नु, जनस्तरमा कमजोर सम्बन्ध, आर्थिक चलखेल जस्ता कारणले चुनावमा हार व्यहोर्नु परेको प्रदेश इञ्जार्चाहरुको भनाइ थियो ।

अपेक्षित सफलता हासिल नभए पनि अधिकांश जिल्लामा २०७० सालको तुलनामा मतसंख्या बढेको, ९० भन्दा बढी स्थानमा पार्टीले दोस्रो हैसियत प्राप्त गरेको र कतिपय स्थानमा अत्यन्तै झिनो मतान्तरले पराजित हुनु परेको रिपोट बैठकमा पेश भएको छ ।

बैठकमा प्रदेश १ बाट साबित्रीकुमार काफ्ले, प्रदेश नं–३ बाट हितमान शाक्य, प्रदेश नं–४ बाट देव गुरुङ, प्रदेश नं–५ बाट वर्षामान पुन , प्रदेश नं–६ बाट शक्तिबहादुर बस्नेत र प्रदेश नं.–७ बाट लेखराज भट्टले चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । चुनाव हुन बाँकी प्रदेश नं–२ बाट ईन्चार्ज मातृका यादवले राजनीतिक तथा संगठनात्मक अवस्थितिबारे जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया