MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् । 

गएको चैत २ गते शनिबार इटहरी, चितवन, काठमाडौँ, पोखरा र बुटवलमा सञ्चालन गरिएको परीक्षामा सहभागी विद्यार्थीमध्ये ५० र त्यो भन्दा बढी प्राप्ताङ्क ल्याउने ३७ जनालाई बन्द शिविरमा राखिएको थियो । 

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले बन्द शिविरमा अन्तिम परीक्षामा सहभागी उत्कृष्ट ५ सहित २० जनाको वरियताक्रम सार्वजनिक गरेको हो । वरियताक्रमका आधारमा यी विद्यार्थीलाई विदेशमा हुने प्रतियोगितामा सहभागी गराउन पठाइने छ । 

 

  चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिकबारेकाे विज्ञप्ति

'चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१७ नेपाल' को अन्तिम नतिजा यसै प्रेस विज्ञप्ति मार्फत सार्बजनिक गर्दछौं। यस बर्षको उत्कृष्ट पाँच विद्यार्थीहरु निम्नलिखित छन्:

  1. विजय लुईटेल, चेल्सी ईन्टरनेशनल एकेडेमी, नयाँ बानेश्वर, काठमाडौं
  2. तरुण तिमील्सिना, गण्डकी आवासीय उच्च माध्यामिक विध्यालय, पोखरा, कास्की
  3. विवेक लाल कर्ण, धनुषा साइन्स क्याम्पस, विद्यानगर, जनकपुरधाम, धनुषा
  4. विनय राज पौडेल, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वर, काठमाडौं
  5. अनुभव शर्मा, रातो बंगला स्कूल, पाटनढोका, ललितपुर

 

गत चैत्र १२ गते शनिवारका दिन इटहरी, चितवन, काठमाडौँ, पोखरा बुटवलमा एकैपटक संचालन गरिएको परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्ये ५० वा सो भन्दा बढी प्राप्ताङ्क ल्याउने ३७ जना विद्यार्थी दोश्रो चरण अर्थात् पुर्व- बन्द शिबिरको लागि छनौट गरिएका थिए। दोश्रो चराणका रुपमा चैत्र २० देखि जेष्ठ १३ सम्म सन्चालित पुर्व- बन्द शिबिर (Pre-Closed Camp) का जम्मा तेईस (२३) विद्यार्थीहरु बन्द शिबिरका लागि छनौट गरिएका थिए। बन्द शिबिर असार ११ देखि १७ सम्म संचालन गरिएको थियो।

उल्लिखित विद्यार्थीहरु मध्येबाट बन्द शिबिरमा अन्तिम परिक्षामा सहभागी बीस (२०) विद्यार्थीहरुको वरियताक्रम सार्बजनिक गर्दछौं। साथै वरियताक्रमका आधारमा यस वर्ष विश्वमा संचालन हुने विभिन्न कार्यक्रममा सहभागिताको लागि पहल गरिनेछ।

‘राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड- नेपाल’ एक शैक्षिक प्रतियोगिता हो जसमा नेपालमा वा विदेशमा रहेका कक्षा १२ सम्म अध्ययनरत वा विश्वविद्यालय कार्यक्रममा भर्ना नभएका २० वर्ष भन्दा मुनिका नेपाली नागरिकले सहभागिताको लागि आवेदन दर्ता गर्न सक्दछन।

धन्यवाद,

'चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१७ नेपाल' को अन्तिम नतिजा

 

Rank

Symbol No.

Name

1

307

Bijay Chandra Luitel

2

404

Tarun Timilsina

3

101

Bibek lal Karna

4

316

Binaya Raj Paudyal

5

312

Anubhav Sharma

6

506

Samjhana Yadav

7

102

Diwakar Koirala

8

309

Samip Dahal

9

505

Dristi Khanal

10

324

Awanish Khanal

11

317

Shronim Tiwari

12

305

Aditya Mishra

13

503

Ravi Shukla

14

302

Manisha Kandel

15

301

Samaya Khadka

16

311

Mukesh Tiwari

17

326

Trailokya Raj Bajgain

18

304

Chirag.G.Shrestha

19

325

Pratik Poudel

20

104

Sahadev Rai

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया