MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

साउन ४ – सामाजिक सञ्जालले  युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो । 

यो अध्ययन १२ देखि २० वर्ष उमेर समूहका १० हजारभन्दा बढीमा गरिएको थियो । अध्ययनका अनुसार हरेक ३ जनामध्ये १ जनामा साइबर बुलिइङ अर्थात सामाजिक सञ्जालमा हुन सक्ने दुव्र्यवहारको डर रहेको पाइएको छ । 

यस्तै, झण्डै ७० प्रतिशतले अरु व्यक्तिलाई अनलाइनमा कुनै न कुनै रुपमा अपमान गरेको स्वीकार गरेका छन् भने १७ प्रतिशतले अनलाइनमार्फत आफूमाथि दुव्र्यवहार भएको बताएका छन् । एक अनुसन्धानकर्ताले बालबालिका शत्रुताको संस्कृतिमा हुर्किरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । साइबर बुलिइङले युवावर्गको पहिचान, व्यवहार र व्यक्तित्वलाई नै असर पर्ने अध्ययनकर्ताको ठहर छ । 

सामाजिक सञ्जालहरुले अनलाइन प्रतिक्रियालाई व्यवस्थित गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । यस्तै, विद्यालय तहमै अनिवार्य रुपमा यसबारे सिकाउनुपर्ने उनीहरुको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया