MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

पद्मश्री पुरस्कारका लागि पाँच पुस्तकको मनोनयन, कुन कुन परे ?

काठमाडौं, साउन ६ – यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्टकको मनोनयन शुक्रबार सार्वजनिक भएको छ । पुरस्कार प्रदान गर्ने खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उत्कृष्ट पाँच पुस्तकको मनोनयन सार्वजनिक गरेको हो ।

२०७३ सालभरिमा प्रकाशित भएका पुस्तक मध्येबाट विभिन्न विद्वानको सल्लाहमा पाँच उत्कृष्ट पुस्तक मनोनयन गरिएको प्रतिष्ठानले जनाएको छ ।

मनोनयनमा पर्ने पुस्तकमा जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमाण्डु, राज सरगमको छाउघर, नविन विभासको रोल्पा सुना र नवराज पराजुलीको सगरमाथाको गहिराइ छन् ।

यिनै पाँच कृति मध्ये एकलाई छनौट गरी पद्मश्री पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछाने जानकारी दिनुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया