MENU

यो पनि समाचार

मस्तिष्कको अपरेशनको क्रममा बिरामीले गितार बजाइरहे

साउन ७ – भारतका एक व्यक्तिले आफ्नो मस्तिष्कको शल्यक्रिया भइरहेका बेला गितार बजाएका छन् । बैंग्लोरका अभिषेक प्रसादले शल्यक्रिया अवधिभर गितार बनाएका हुन् । उनको औँलाको मांसपेशियामा हुने गरेको ऐंठनको उपचारका लागि उनको मस्तिष्कको शल्यक्रिया गरिएको हो । अभिषेकले गितार बजाउने आफ्नो इच्छाका कारण जागिर पनि छोडेका थिए । तर जागिर छोडेको २० महिनापछि उनको हातको बिचको औँला र कान्छी औँला गितार बनाउने बेला थाक्ने र महसुस गर्न नसक्ने हुने गरेको चाल पाए । उनको मस्तिष्कको सर्किट ठिक नभएकाले समस्या आएको भगवान महावीर जैन अस्पताल बैंग्लोरका न्यूरोसर्जन डा. शरण श्रीनिवासनले बताउनुभयो । डा. श्रीनिवासनले अभिषेकको मस्तिष्कको सर्किटको लाइभ अपरेशन गर्ने निर्णय गर्नुभयो । अभिषेकलाई पूर्णरुपले बेहोस गर्नुको सट्टा अचेत मात्रै गरिएको थियो । अपरेशनका लागि उनको मस्तिष्कमा १४ मिलिमिटरको प्वाल पारिएको थियो । मस्तिष्कको ८–९ सेन्टिमिटर गहिराइमा उनको सर्किनलाई सही लोकेशनमा राखिएको थियो ।

अपरेशनको सबै समयमा अभिषेकले गितार बजाएका थिए किनकी उनको समस्या गितार बजाउने समयसँग जोडिएको थियो । गितार बनाउने बेला उनको मस्तिष्कको क्रियाकलापबारे डाक्टरले निगरानी गर्न पाए ।

संगीतको जटिलतासँग जोडिएको मानसिक समस्याको उपचारका लागि यसरी शल्यक्रिया गरिएको यो विश्वमा आठौं घटना हो । तर भारतमा भने पहिलो पटक हो ।

अहिले अभिषेकको अवस्था सामान्य रहेको छ । अभिषेकको गएको हप्ता शल्यक्रिया गरिएको हो । उनलाई बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया