MENU

साहित्य/ कला

Ncell Axiata

काष्ठकलाका धनी कालो तिरुवा

नेत्र शाही/उज्यालो । 

जुम्ला, साउन ७ – पञ्चायतकालमा काठका विभिन्न सामान बनाएर जीवन धान्न सफल  काष्ठकलाका धनी हुनुहन्छ जुम्लाका कालो तिरुवा । तर अहिले भने उहाँलाई आफ्नो पेशा नै लोप हुने हो कि भन्ने डरले घेरेको छ । काष्ठकलालाई प्रथामिकता नदिँदा कला नै लोप हुने होकी भन्ने डर छ उहाँलाई । जुम्लाको हिमा गाउँपालिका–७  चिउडी गाउँका ५९ वर्षका तिरुवाले कर्णाली क्षेत्रका पुल तथा मन्दिरलाई आफ्नो कलाले जिवन्त बनाउनुभएको छ । बुवा सवले तिरुवा सामान्य काठ काम गर्ने भएपनि उहाँ एक अब्बल काष्ठकलाका धर्मी बनेर निस्कनुभयो । 

१४ वर्षको कलिलो उम्मेरमा वुवाको साथमा काम गर्न सुरु गर्नुभएका उहाँले १९ वर्षको हुँदा हलो, खाट, दराज, बाकस लगायतका सामान हुँदै काठमा चित्र बनाउन सुरु गर्नुभएको थियो । कालोले अहिले देखिने नाग्म–गमगढी राजमार्ग अन्तर्गत चिउडीमा पर्ने काठका पुलमा तत्कालिन राजा विरेन्द्र, रानि ऐश्वर्यसहितको मुर्ती बनाउनुभएको छ । तिनै मुर्तीका कारण यो पुल यात्रुका लागि आकर्षणको केन्द्र बनेको छ । त्यही स्थानमा रहेको अर्को काठको पुलमा उहाँले हवाईजहाज, बाघ, मन्दिर, घडी, सांग्लो लगायत बनाउनुभएको छ । 

उहाँलाई अहिले कालिकोट, मुगु ,हुम्लासम्म पनि काष्ठकलाका लागि बोलाउने गरिएको छ । वि.सं २०४६ सालमा राजा विरेन्द्रको कालिकोट आगमन हुँदा तत्कालिन सांसद धिरबहादुर हमालले स्वागत गेट बनाउन आफूलाई कालिकोट लगेको र त्यो ढोका १८ दिन लगाएर बनाएको उहाँले स्मरण गर्नुभयो । उहाँले कालिकोटमा बनाएको मन्दिरको ढोका अहिले कालिका मन्दिरमा राखिएको उहाँले बताउनुभयो । जुम्लाका कुँडुमा रहेको मन्दिरमा शिव, पार्वतीको सर्पले बेरेको मुर्ती पनि उहाँले बनाएको सबैभन्दा राम्रो कला लाग्छ । 

लोप हुने डर

उहाँले आफ्नो सीप द्वन्द्वकालमा पनि प्रयोग भएको भएपनि पछिल्लो १० वर्षमा प्रथामिकता नपाएको गुनासो गर्नुभयो । आफ्नो कलालाई बचाइ राख्नका लागि सरकारी स्तरबाट सहयोग पाए अझै केही गर्न सक्छु भन्ने लागेको उहाँको भनाई छ । उहाँलाई अब शहीदका मुर्ती बनाउने इच्छा छ । त्यसका लागि सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो । उहाँले बनाएका मुर्ती घुम्न आउने विदेशीले लैजाने गरेका छन् । आफ्नो कला मन पराउने धेरै रहे पनि पछिल्लो समय चासो भने कम देखिन थालेको उहाँको अनुभव छ । यसको एकमात्र कारण आफ्नो सीपलाई व्यावसायिक बनाउन नसक्नु रहेको उहाँको भनाई छ । यसलाई प्रवर्द्धनका लागि सहयोगको खाँचो रहेको उहाँको भनाई छ । 

कालो तिरुवाका २ छोरा छन् । १६ वर्षका जेठो छोरा पदम तिरुवाले पनि यही काम सिक्न प्रयास गरिरहेका छन् तर काष्ठकलालाई प्रथामिकता नपाउँदा मन विरक्तिएर उहाँको भनाई छ । सबैको साथ पाएमा अझै लामो समय काम गर्न सक्ने र अरुलाई पनि आफूले जानेको कला सिकाउन सक्ने कालो तिरुवाको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया