MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

यतिले ल्यायो एटिआर विमान

काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो । 

फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित विमान सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो विमानले एक हप्तापछि विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान थाल्नेछ । योसँगै अब यति एयरलाइन्ससँग सातवटा विमान भएको छ । यतिले यसै वर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया