MENU

साहित्य/ कला

Ncell Axiata

नेपाली साहित्यको भर्जिन क्षेत्र सुदूरपश्चिम

नवराज पनेरु/उज्यालो । 

कैलाली, साउन ८ – सुदूरपश्चिमको सुन्दर भूगोल, जीवनशैली, सँस्कृति होस् वा सम्पदा नेपाली साहित्यको मुलधारमा अझै पनि पर्याप्त मात्रामा आउन सकेको छैन । नेपाली साहित्यका लागि सुदुरपश्चिम अझै पनि भर्जिन क्षेत्रका रुपमा हेरिएको छ ।

तर यहाँको वास्तविकतालाई चित्रण गरी लेखिएका केही स्तरीय कृतीहरुले भने नेपाली पाठकको मन छोएको छ । सुदूरपश्चिमाञ्चलका सबै जिल्लामा युवतीलाई पहिलो पटक महिनावारी हुँदा र त्यस पश्चात हरेक महिना महिनावारी हुँदा घरबाट टाढा सानो असुरक्षित घर, गोठमा राखिन्छ । उनीहरू त्यो समय पौष्टिक खानाजस्तै दूध, घिउ, माछा, मासुबाट वञ्चित हुन्छन् ।

नियम उल्लंघन गरे देवताले सराप दिने मानिसकताले अझै पनि जरा गाडेको छ । यिनै वास्तविकतालाई उठान गरी कञ्चनपुरका श्रष्टा राज सरगमले लेखेको छाउघर उपन्यास अहिले मदन पुरस्कार र पद्वम्श्री पुरुष्कारको श्रेष्ठ सूचिमा परेर चर्चामा छ । स्नातक तहसम्मको अध्ययनपछि छाउपडी प्रथाको बारेमा तीन वर्षसम्म अध्ययन गरेर लेखिएको सरगमको छाउघर सुदूरपश्चिमबाट उदाएको एउटा स्तरिय पुस्तक हो । तर लेखक सरगरका अनुसार अझै पनि सुदूरपश्चिम नेपाली साहित्यमा लेखिन बाँकी छ । उहाँका अनुसार यहाँको बाध्यता, विवशता र सुन्दरतालाई चिरण गरी नेपाली साहित्यका पाठकमाझ पुर्‍याउन सकिने हो भने मुलधारमा त्यो कृति निकै चर्चामा आउने छ ।

राजधानीको पहुँच सर्कल भन्दा बाहिर सुदूरपश्चिचममा रहेर आफ्नो साधना गर्ने क्रममा सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष समेत रहनुभएका साहित्यकार रामलाल जोशीले ऐना कथासंग्रहबाट मदन पुरस्कार जितीसक्नुभएको छ । जोशीले देखेको सुदूरपश्चिमको समाज अध्याँरोमा छ, ओझेलमा छ र पीडामा छ । त्यही समाजका विविधखाले पात्रहरुको जिन्दगी र बिडम्बनालाई ऐना मार्फत बाहिर ल्याउनुभएका जोशीको ऐना कथासंग्रहले देशभरिकै पाठकको मन जित्यो । एक वर्षको अवधीमा झण्डै २५ हजार पुस्तक बिक्री भइसकेका छन् । 

जोशी बाहेक सुदूरपश्चिमको धर्तीमा जन्मेका श्रष्टाहरु पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बिसर्जन कथासंग्रह, महेश विक्रम शाहले छापामार छोरो, नरबहादुर साउदले नेपालका बालीनाली र तिनको दिगो खेती तथा विजय कुमार पाण्डेयले खुशी उपन्यासबाट मदन पुरस्कार पाइसक्नुभएको छ । मदन पुरस्कार जितेका बाहेक पनि अन्य केही स्तरीय कृतीले सुदूरपश्चिमका श्रष्टाले पनि मुलधारमा रुचाइने कृती लेख्न सक्छन भन्ने पुष्टी गरिसेको छ ।

तर पनि सुदूरपश्चिमको जीवनशैली मन पराएका नेपाली साहित्य पाठकले यहाँका अन्य भर्जिन विषयलाई पनि चासोको साथ खोजिरहेका छन् । ऐना, छाउघर, खुशी, विसर्जन जस्तै अन्य स्तरीय कृतीहरु पनि सुदूरका श्रष्टाले बजारमा ल्याएका छन् । तर तिनले मुलधारमा भन्दा मोफसलमा बढी छाप छोडेको देखिन्छ । सुदूरपश्चिममा विद्यमान छाउपडी, देउकी, भोकमरी, छुवाछुत लगायतका विसंगती र वास्तविकतामा आधारित कृतीहरु नेपाली पाठकको रोजाइमा परेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया