MENU

साहित्य/ कला

Ncell Axiata

गोकर्णको जंगलमा दक्षिण एशियाका कलासाधक

काठमाडौं, साउन १३ – चराको चिरबिर तथा जंगलको शीतल छहारीमा बजिरहेको सुमधुर परम्परागत गीत–संगीतमा मन्त्रमुग्ध भएर दक्षिण एशियाली मुलुकका कलासाधक चित्र बनाउन व्यस्त छन् । 

प्रकृतिको काखमा अनुपम सिर्जनामा व्यस्त दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य देशका २९ कलाकार राजधानीको होहल्लाभन्दा टाढा गोकर्णको जंगलमा अवस्थित रिसोर्टमा रंग र कुची चलाउन व्यस्त छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सांस्कृतिक केन्द्रको आयोजनामा शुक्रबारदेखि शुरु भएको चारदिने आवासीय कला कार्यशालामा छ देशका २९ कलाकारको सहभागिता छ । 

कार्यशालामा नेपालका १०, भारत, श्रीलंका र बंगलादेशका पाँच÷पाँच, भुटानका तीन र माल्दिभ्सका एक कलाकार सहभागी छन् । कार्यशालामा सार्क सदस्य राष्ट्र पाकिस्तान र अफगानिस्तानको भने प्रतिनिधित्व छैन । 

शुक्रबार र शनिबार २९ कलाकारले गोकर्ण फरेस्ट रिसोर्टमा बसी चित्र बनाउने मन्त्रालयका उपसचिव रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । आइतबार सबै कलाकारलाई उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिकस्थल घुमाउने कार्यक्रम छ । 

सोमबार छ देशका कलाकारका बीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले अन्तक्र्रिया गरी कार्यशाला समापन गरिनेछ । 
कार्यक्रमको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले छ देशका कलाकार एकै ठाउँमा बसी सिर्जना गर्दा अनुभव, संस्कृति, ज्ञान, सीप आदानप्रदान हुने बताउनुभयो । 

 संस्कृति मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले दक्षिण एशियाली क्षेत्रका कलाकारलाई एक अर्को देशको सभ्यता र संस्कृतिसँग पहिचान गराउने उद्देश्यले कार्यशाला गरिएको बताउनुभयो । 

सो अवसरमा मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी, सार्कका निर्देशक एमएसएन वण्डारा र सार्क सांस्कृतिक केन्द्रका निर्देशक वसन्थे कोटुवेलाले कार्यक्रमले दक्षिण एशियाली क्षेत्रको कलाकारिताको विकासमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया